Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युरोपेली संघको फिल्म महोत्सव हुने

फिल्मीखबर, काठमाण्डौ, 2014/02/15

आउँदो फागुन ८ देखि ११ गतेसम्म राजधानीमा युरोपेली संघको फिल्म महोत्सव हुने भएको छ । नयाँदिल्ली र काठमाडौं स्थित सङ्घका कूटनीतिक नियोग र सांस्कृतिक संस्थानले संयुक्त रुपमा आयोजना गर्ने उक्त चलचित्र महोत्सवको ‘सेलिब्रेटिङ विमेन’ (नारी सम्मान) नामकरण गरिएको छ ।

 

महोत्सवमा १६ युरोपेली मुलुकका महिलाको जीवनमा आधारित फिल्म प्रदर्शन गरिने आयोजित पत्रकार सम्मेलनमा युरोपेली प्रतिनिधिमण्डका राजदूत रेन्जी टिरिङ्कले जानकारी गराइन् । प्रदर्शनीमा बेलायत, डेनमार्क, जर्मनी, इटाली, फ्रान्स, फिनल्यान्ड, स्लोकाभिया, लुथानिया, हङ्गेरी, अस्टि्रया, बुल्गेरिया, चेक रिपब्लिक, पोर्चुगल, स्पेन, नेदरल्यान्ड्स र स्विडेनका चलचित्र समावेश गरिएका छन् ।