अभिनेत्री शुष्मा कार्की जिरो फिगरमा पुगेकी छिन् । फिल्ममा अभिनय गर्दा शरिरमा खासै 'मेन्टेन' अभिनेत्री कार्कीले रेष्टुरेन्ट व्यवसायमा हात हालेपछि आफ्नो शरिरलाई घटाएकी हुन् ।
'अब फिल्म पाउन छिडियो त्यसैले शरिर बनाएर बस्ने त हो', जिस्केको मुडमा आफ्नो तिखारिएको शरिर देखाउँदै शुष्माले भनिन्- 'अब राम्रो फिल्म पाउँछु कि !' राम्रो व्यानरबाट राम्रो भूमिकाका लागि प्रस्ताव नआएको बताउने शुष्माले प्रोड्यूसर नै हिरो भएको फिल्म खेल्दा आफू ओझेलमा परेको समेत बताईन् ।
केहि महिना अगाडी मात्र ठमेलमा रेष्टुरेन्ट चलाउन थालेकी शुष्माले भ्यालेन्टाइन डेको साँझ आफ्नो २७ औं जन्मदिनको केट काटिन् । प्रेमी निरन शाहीसँग भ्यालेन्टाइन मनाएकी शुष्माले केट पनि उनकै उपस्थितीमा काटिन् र पहिलो केक निरनलाई नै खुवाईन् ।
थुप्रै फिल्ममा आइटम डान्स गरेर आइटम हिरोइनको रूपमा चिनिएकी शुष्मालाई उपस्थित पाहुनाले जिस्काए, 'आइटम गर्ल शुष्मा अब बार गर्ल` । उनी मुस्कुराइन् र भनिन्- ' त्यस्तो बार गर्ल चाहिं हैन है ।' शुष्माले रेष्टुरेन्टको बारमा बसेर पाहुनालाई सत्कार गर्दै गर्दा जिस्काईएको थियो ।
शुष्मालाई जन्मदिनको शुभकामना दिन फिल्मकर्मीहरू झरना थापा, सुनिल कुमार थापा, निर्मल शर्मा 'गैंडा', सञ्चिता लुईटेल, पूजना स्त्री लगायत बर्थडे पार्टीमा पुगेका थिए ।







