Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.33/5.00)
Text size:-
+
-

`नाइ नभन्नु ल २` अफिसियल प्रोमो रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2014/02/15

नेपाली नयाँ बर्षलाई लक्षित गरी चैत २८ गते प्रदर्शन गरिने फिल्म ‘नाइ नभन्नु ल २’को अफिसियल प्रोमो रिलिज गरिएको छ । मायाप्रेम, रोमान्स, पीडा, बिछोड प्रस्तुत प्रोमोले पेश गरेको छ ।
 

निर्देशक विकास आचार्यले ‘नाइ नभन्नु ल २’ मा बालप्रेमलाई फिल्मको मेरुदण्ड बनाएका छन् । फिल्मको शिर्ष भूमिकामा अनुभव रेग्मी र सुज्ञानी भट्टराई छन् । यसअघि युवाप्रेम र राष्ट्रप्रेमका विषयमा फिल्म निर्देशन गर्दै आएका निर्देशक आचार्यले ‘नाइ नभन्नु ल २’ मा प्रस्तुत गरेको बालप्रेमको विषयले हरेक बर्ष समुहका दर्शकलाई हलसम्म तान्ने विश्वास छ ।

 

पुरुषोत्तम प्रधानको छायाँकन रहेको यस फिल्ममा अनुभव र सुज्ञानीको साथमा सुरज सिह ठकुरी, प्रियंका कार्की, सरोज खनाल, जीवन लुईटेल, बर्षा सिवाकोटी, सिताराम कट्टेल (धुर्मुस) लगायतको मुख्य भूमिका छ । फिल्मका निर्माता निर्देशक आचार्य र दिनेश कुमार पोखरेल हुन् ।