Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`अन्तराल` निर्देशक बस्नेतले नयाँ फिल्म निर्देशन गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/02/14

`अन्तराल' फिल्मकी निर्देशक दीपा बस्नेतले नयाँ फिल्म निर्देशन गर्ने भएकी छिन् । नाम तय हुन बाँकी फिल्मको छायाँकन दीपाले सुटिङ चैत पन्ध्र गतेबाट प्रारम्भ पार्ने जीवनसाथी फिल्मस्का प्रमुख जीवनसाथी बस्नेतले जानकारी गराए ।

 

नयाँ फिल्मको कथाका लागि अन्तरालकै लेखक अभिमन्यु निरवी यतिखेर व्यस्त छन् । जीवनसाथी फिल्मस् र ट्रु इन्टरटेनर बिच फिल्मको लगानी गर्ने सम्झौता भएको छ । फिल्मको निर्माण बारे भ्यालेन्टाइन डेको अवसर पारेर घोषणा गरिएको हो । फिल्मको कलाकार फाइनल भैसकेका छैनन् ।

 

अडिसनद्धारा कलाकार छनोट गरिने जीवनसाथी बस्नेतले बताए । महिला तथा पुरुष मुख्य कलाकारको लागि यही सालको फागुन ६ गतेसम्म अडिसन मिति खुला रहेको बताउँदै ईच्छुक कलाकारलाई अडिसनको लागि बस्नेतले आग्रह गरे । अडिसनको लागि धुम्वाराहिको ट्ररुको कार्यालमा सम्पर्क राख्न सकिनेछ । जीवनसाथी फिल्मस्को दोस्रो फिल्म 'वनफुल' प्रदर्शनको क्रममा छ ।