Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अनुप र दियाले ०७१ सालमा बिहे गर्ने !

फिल्मीखबर, काठमाण्डौ, 2014/02/14

यस बर्षको प्रणय दिवसमा रजतपटमा नयाँ जोडी सार्वजनिक भएका छन् । निर्देशक अनुप बराल र कलाकार दिया मास्केले आफुहरु बिच झन्डै ६ बर्षदेखि अफयेरमा रहेको रहस्य खोलेका छन् ।

 

 

भ्यालेन्टाइन डेको अवसर गर्दै ‘साप्ताहिक’ पत्रिकाले प्रकाशन गरेको संवाद शैलीको सामाग्रीमा अनुप र दीयाले आउँदो बर्ष २०७१ सालमा बिवाह गर्ने योजनालाई पनि सार्वजनिक गरेका हुन् । एक अर्काको संवादमा दियाले साप्ताहिकसँग भनेकी छिन्, ‘तपाइसँग बिहे नै गर्छु भन्ने कुरामा म पक्का थिइन, जुन दिन पक्का भयो त्यही दिन मम्मीलाई सुनाएँ ।’

 

‘फिटकिरी’ निर्देशक अनुप बरालले जवाफमा भनेका छन्, ‘मेरो मम्मीले पनि बिहे गरगर भन्नु भएको छ तर तिमी नेवार म बाहुन । समाज अझै संकुचित छ । मलाई समाजले केही भन्ने हो कि भन्ने डर छ ।’ यद्पी अनुपले आउँने सालमा दियालाई बिहे गर्ने कुरामा बिश्वस्त पारेका छन् । दियाले शून्य सालमा बिहे गर्दा राम्रो नहुने भनेपछि आउँदो ०७१ सालमा हल्लीखल्ली नगरेरै बिहे गर्ने अनुपले बताएका छन् ।

 

दीयालाई पहिलो पटक एक रेष्टुरेन्टमा देखेका अनुपले औपचारिक भेट भने 'लक्ष्य' फिल्मको प्रिमियरमा गरेका थिए । त्यो बेला दीयाले फोन नम्बर मागेकी थिईन् । अनुपले हातमा नम्बर टिपाएको दीयालाई अझै याद छ । तर हातमा लेखिएको नम्बर मेटियो, यि दुई बिच सम्पर्क हुन सकेन ।

 

'दलन' नामक टेलिफिल्मको अडिसनमा दोस्रो पटक अनुपले दीयालाई भेटे । त्यहिबेला देखि नै उनी प्रेममा परेका थिए । उक्त टेलिफिल्ममा श्रीमान् श्रीमतीको भूमिका निर्वाह गरेका अनुप र दीया रियल श्रीमान् श्रीमती हुँदैछन् । दुबैलाई शुभकामना !

 

 

अनुप र दीयाको प्रेम प्रसंग सहितको रोमाञ्चक कुराकानी पढ्न यहाँ क्लिक गर्नुहोला भन्नुस् न अनुप सर हामी कहिलेदेखि सँगै बस्ने ?