Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.25/5.00)
Text size:-
+
-

ऋतु गीत : राजलाई मलिनाको किन माया लाग्दैन ?

फिल्मीखबर, काठमाण्डौ, 2014/02/14

आउँदो मार्च ७ अर्थात फागुन २३ गते नेपाल र अष्ट्रेलियामा रिलिज हुन लागेको फिल्म 'ऋतु'को गीत भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज गरिएको छ । प्रेममा आउने उतारचढावको कथा भन्ने यो फिल्मको प्रस्तुत सार्वजनिक गीतमा अभिनेता राजबल्लभ कोईराला र अभिनेत्री मलिना जोशीको टुक्रिएको प्रेम दर्शाईएको छ ।

 

निस्प्राभ साजीको शब्दमा हेमन्त रानाको स्वर तथा संगीत रहेको गीत हेर्नुस्

 

आल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस्, अपिल विष्ट फिल्मस र अशोक गौतम फिल्म्सले निर्माण गरेको यो फिल्ममा राज र मलिनासँगै रीमा विश्वकर्मा, बिष्णु न्यौपानेको पनि मुख्य भूमिका छ । फिल्मलाई मनोज अधिकारीले निर्देशन गरेका हुन् ।