प्रेम दिवसमा जन्मदिन, साथीभाई माझ खुसी साट्न अभिनेत्री शुष्मा कार्कीका लागि यो राम्रो अवसर हो । नेपाली फिल्म क्षेत्रमा आफ्नो एउटा स्थान बनाएकी यि चञ्चले अभिनेत्रीले आज प्रेम दिवसको दिन आफ्नो जन्मदिन मनाउँदै छिन् ।
फिल्म 'मेरो एउटा साथी'ले रजतपटमा पाईला टेकाएको यि अभिनेत्रीले साँझ फिल्मकर्मीमाझ आफ्नो २७ औं जन्मदिन सेलिब्रेट गर्दैछिन् । आफ्ना नजिकका साथीभाई, परिवार र केहि सिमित फिल्मकर्मीलाई उनले आफ्नो जन्मदिन पार्टीमा निम्ता गरेकी छिन् । प्रेम साटासाट गर्न र भईरहेको प्रेमलाई प्रगाढ बढाउन सानो कार्यक्रमको आयोजना गरेको उनको भनाई छ ।
बर्दियाबाट फिल्ममा आफ्नो भविष्य खोज्न काठमाण्डौ छिरेकी शुष्मा अभिनयसँगै बिभिन्न स्क्याण्डलले चर्चामा रहने गर्दछिन् । 'लुट' फिल्मको 'उध्रेको चोली' नामक आइटम गीतबाट बिशेष चर्चा पाएकी शुष्माको पहिलो सोलो फिल्म 'के यो माया हो' हो । उक्त फिल्मले खासै चर्चा नदिएपनि उनले झण्डै एक दर्जन फिल्ममा आफ्नो अभिनय क्षमता देखाउने अवसर पाईन् ।
अनुप्रस्थ ब्याण्डका लिड भोकलिष्ट निरन शाहीसँगको प्रेममा रहेकी शुष्मालाई जन्मदिनको शुभकामना !

