Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.17/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा मौलाएको अपिल र सरिताको प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2014/02/13

समयसँगै मानिसको मन पनि परिवर्तन हुन्छ जसरी मौसम परिवर्तन हुन्छ । फिल्म 'ऋतु'को कथाले यहि भन्छ । यस्तै कथा यहि फिल्मका निर्माता अपिल बिष्टको रियल लाईफमा पनि लागू हुन्छ ।


प्यूठानदेखि काठमाण्डौ र मुम्बइ हुँदै अष्ट्रेलियासम्म पुग्दा अपिल र सरिता केसीको प्रेम निकै झाङ्गियो । सन् २०१० मा सरितालाई नजिकबाट बुझ्ने मौका पाएका अपिलले साथी भने स्कुल पढ्दा नै बनाएका थिए । 'मात्र साथी, हाई हेल्लो बाहेक अरू केहि नहुने साथी,' अपिलले बिगतलाई सम्झदै भने- '१३ बर्षदेखिको चिनजान कतिबेला प्रेममा परिणत भयो थाहै भएन ।'

 

सरिता भन्दा अगाडी उनी कसैको प्रेममा थिए । धेरै सम्झिन चाहेनन् । 'हामी विचको दुरी र एकअर्का विचको विश्वास र विचार मेल खान सकेन, पहिलो प्रेम टुट्यो,' अपिलले भने- 'अहिले हामी एकअर्कालाई विश्वास गर्छौं । त्यहि विश्वासले प्रेमलाई गाढा बनाएको छ ।'

 

अपिलले भन्दा सरिताले धेरै माया गर्छिन् । अपिललाई माया देखाउन आउदैन तर आफ्नी प्रेमिकालाई खुसी बनाउन भने जानेका छन् । 'उनी रिसाउँदा म हाँसेर कुरा गर्छु, जिस्कन्छु अनि उनी खुसी हुन्छिन्, मुस्कुराउँदै अपिलले भने- 'म निकै कम रिसाउँछु । उनलाई फकाउन नै पर्दैन ।'
 

गत बर्षको भ्यालेन्टाइनमा पहिलो गिफ्ट दिएसँगै अपिल र सरिताको प्रेम मौलाएको हो । 'अष्ट्रेलियामा ऋतुको सुटिङ हुँदै गर्दा हामीले पहिलो भ्यालेन्टाइन मनायौं । अहिले उनलाई निकै मिस गरेको छु ।' सरितालाई निकै मिस गरेका अपिलले यो बर्षको साटो अर्को बर्ष डबल भ्यालेन्टाइन मनाउने बताए ।

 

अपिल मुम्बइमा हुँदा स्काईप सरितासँग नजिक हुने माध्यम बन्यो । 'दासढुंगा' फिल्मका निर्माता समेत रहेका अपिल भारतको जम्मु कस्मिर घुम्न जाँदा सरिता धेरै नजिक भए । एकले अर्कालाई बुझ्ने मौका पाए । त्यो बेला नजिक हुँदा टुसाएको माया अहिले टाढा हुँदा फक्रिएको छ ।

 

सरिता अष्ट्रेलियामा छिन्, अपिल नेपालमा 'ऋतु'को रिलिजको चाँजोपाँजो मिलाउँदै छन् ।' सरिताले अपिलको पेशालाई बुझ्छिन् त्यसैले प्रेममा कुनै उतारचढाव आएको छैन ।

 

अपिललाई याद भएसम्म उनले अहिलेसम्म सरितालाई 'आइ लभ यू' भनेका छैनन् । कसरी व्यक्त गर्नुहुन्छ त आफ्नो प्रेम ? अपिल हल्का लजाउँदै भने- 'थाहा नै छैन । मलाई प्रेम व्यक्त गर्न नै आउँदैन ।' माया कसरी बस्यो ? त्यो पनि अपिललाई थाहा छैन ।

 

उनीहरू प्रेमी प्रेमिका भन्दा पनि बढि साथी हुन् । यहि साथीको सम्बन्धले प्रेम सम्बन्धलाई बलियो बनाएको अपिलको बुझाई छ । यि दुई विच कस्ता कुरा बढि हुन्छन् होला त ? उनले लुकाएनन्, 'फिल्मको बारेमा धेरै कुरा हुन्छ । आ-आफ्नो पेशाको बारेमा कुरा गर्छौं । बुझ्न चाहेका कुनै कुरा लुकाउँदैनौं । हामी एकअर्कामा 'क्लियर' छौं ।'
 

'प्रताप' फिल्म निर्देशनको तयारीमा रहेका अपिलले कस्तो बेला आफ्नी मायालुलाई मिस गर्छन् त ? 'एक्लो हुँदा, घर फर्कदै गर्दा र अर्काको जोडी देख्दा निकै मिस गर्छु,' रोमान्टिक हुँदै अपिलले थपे,' अरू केटाहरूले केटीहरूलाई जिस्काउँदा उनको याद धेरै आउँछ अनि भाइबर र फेसबुकमा म्यासेज गर्छु ।'

 

'ऋतु' परिवर्तन भएजस्तै अपिल र सरिताको मायामा परिवर्तन नआओस् । 'ऋतु'ले जोडेको प्रेममा शिशिर हैन बसन्तको बहार आइरहोस् । शुभकामना !