करिब ८० जनाको जम्बो टोली मलेसिया पुग्दा नदेखिएका दर्शक अभिनेता जीवन लुईटेल र अभिनेत्रीद्धय प्रियंका कार्की र सञ्चिता लुईटेललाई हेर्न उर्लिए । एनसेल टुरमा पुगेका यि सेलिब्रेटीले मलेसियाको क्वालालम्पुर, पेनाङ र जोरबहारूमा दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरे ।
'यति धेरै दर्शक आउँछन् जस्तो लागेकै थिएन,' जोरबहारूमा दर्शक उर्लिएपश्चात उत्साहित भएका जीवनले फिल्मीखबरसँग खुसी साट्दै भने- 'बिदेशमा यहि धेरै क्रेज देखेको यो पहिलो पटक नै हो ।' झण्डै ७ हजार दर्शकमाझ आफूले लोक गायिका मुना थापा मगरसँग डेउडा गीत गाउँदा दर्शक उफ्रिदा निकै हर्षित भएको जीवनले बताए ।
जीवनले तीन शहरमा गीत मात्र गाएनन् अभिनेत्री प्रियंका कार्कीसँग मिलेर कार्यक्रम पनि सञ्चालन गरे भने आफ्ना चर्चित गीतहरू (सिम्पल सिम्पल, गाला रातै, नाइ नभन्नु ल)मा हल्का कम्मर पनि मर्काए । उता प्रियंका र सञ्चिताले पनि आफ्नो आकर्षक डान्स प्रस्तुत गरे । यस्तै कार्यक्रममा चर्चित गायक सुगम पोखरेलले पनि दर्शकलाई उफार्न सहयोग गरे ।
यता अभिनेत्री कार्कीले पनि दर्शकको उपस्थिती देखेर निकै खुसी भएको बताईन् । कार्यक्रम सफल बनाएकोमा दर्शकप्रति आभार प्रकट गर्दै उनले भनिन्- 'बिदेशमा आएपछि अझ धेरै क्रेज देख्न पाइयो । साँच्चिकै खुसी र रमाईलो लाग्यो ।' लामो समयपछि दर्शमाझ झुल्किएकी सञ्चिताले पनि कार्यक्रममा निकै रमाईलो र सफल भएको बताईन् ।
कार्यक्रम सकेर जीवन बाहेक अन्य कलाकार नेपाल फर्किसकेका छन् । जीवन भने अहिले मलेसियामा नै छन् । निरक पौडेलले निर्देशन गर्न लागेको फिल्म 'ब्ल्याक एण्ड ह्वाईट'का लागि जीवन मलेसियामा नै बसेका हुन् । करिब १० दिन मलेसियाको उक्त फिल्मको सुटिङ हुनेछ । यहि साताबाट सुटिङ शुरू हुने यो फिल्ममा जीवनसँगै बर्षा राउतको मुख्य भूमिका छन् । फिल्ममा अभिनेता संयम पुरीले सह-निर्देशनको जिम्वेवारी सम्हाल्दैछन् । फिल्मका छायांकार पुरूषोत्तम प्रधान हुन् ।
.jpg)






लोक गायिका मुना थापा मगरसँग डेउडा गीत गाउँदै अभिनेता जीवन लुईटेल

