Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मह यात्राले राख्यो नयाँ रेकर्ड

फिल्मीखबर, काठमाण्डौ, 2014/02/06

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह जोडी’ सहित अन्य कलाकारले अष्ट्रेलियामा नयाँ रेकर्ड बनाएका छन् । मह जोडी सहित अन्य कलाकारको टोलीले पहिलो यात्रामै नयाँ रेकर्ड बनाएका हुन् ।

 

 

मह यात्रामा सहभागी कलाकारले मेलबर्नको अन्र्तराष्ट्रिय स्तरको स्टेडियममा कार्यक्रम गर्ने अवसर मात्रै पाएनन्, हालसम्म आयोजित नेपाली कलाकारका कार्यक्रममध्ये सबैभन्दा महंगो र दर्शकको बाक्लो उपस्थिति बनाउन पनि सफल भए । मह यात्राले मेलबर्नमा ८ हजार भन्दा बढी दर्शकको साथ पायो । कुनै पनि नेपाली कलाकारको कार्यक्रमा यति धेरै दर्शक सहभागी भएको पहिलो पटक हो ।

 

अष्ट्रेलियाको सात शहरमा कार्यक्रम गरेको मह यात्रामा मह जोडी सहित किरण के.सी, शिवहरी पौडेल, वसुन्धरा भूषाल, मोहित आचार्य र गायिका कुन्ती मोक्तान सहभागी थिए । मह यात्रा पर्थबाट सुरु भएर सिड्नीमा सम्पन्न भएको थियो । मह जोडीले आफ्नो यात्रामा जातीय विभेद विरुद्ध ‘बाहुन बहादु र नेवार बहादुर’ तथा नेपालमा फैलिँदो डन संस्कृतिलाई व्यंग्य गर्दै ‘म डनको स्टुडियो’ प्रहसन प्रस्तुत गरेका थिए । मह यात्रामा सहभागी बुधबार नेपाल फर्किसकेका छन् ।