Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रोड्युसरले भने- `फिल्म चल्ने नजिरमै रहेनछ`

फिल्मीखबर, काठमाण्डौ, 2014/02/05

कमेडी फिल्म ‘प्रोड्युसर’को व्यापार अपेक्षा गरे अनुरुपको हुने सकेन । तीन दिन सार्वजनिक बिदामा समेत प्रोड्युसर हेर्न हलमा उल्लेख्य दर्शक आएनन् । कमेडी ‘छ एकान छ’ चलेपछि ‘प्रोड्युसर’ पनि चल्ने धेरैको आशा गरिएकोमा किन विपरीत हुन गयो ?

 

लगानी गर्ने मध्येका एक ज्योतीराज राईले झन्डै ६५ लाख लगानी रहेको फिल्मको व्यापार सोचेअनुरुप हुने नगएको बारे फिल्मीखबरसँग छोटो प्रतिक्रिया दिएका छन् । नेपालको व्यापारबाट झन्डै आधा लगानी रिकभर गर्न सम्भावना रहेको बताउँदै निर्माता राईले भने- ‘हामीले सबै क्षेत्रबाट साथ र सहयोग पाएका हौं । तर, फिल्म हेर्न दर्शक नै हलमा नआएपछि के गर्नु ?’

 

फिल्मको व्यापार राम्रो हुने नजिरमै नभएको समेत भन्न उनी पछि परेनन् । उनले भने- ‘यसअघिका दुई फिल्मले लगानी उठाएर पनि नाफा दिएका थिए, यसको त लगानी उठाउनै हम्मेहम्मे परेको छ । फिल्म चल्ने हाम्रो नजिरमै रहेनछ ।’ ‘प्रोड्युसर’ ले माघ १७ गते सोलो रिलिज पाएको थियो ।