Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजापाठ गरेर जन्मदिन मनाउँदै स्वेता । बिहेको लगन भगवानको हातमा

फिल्मीखबर, काठमाण्डौ, 2014/02/05

फिल्म 'कहाँ भेटिएला'बाट रजतपटमा प्रवेश गरेकी अभिनेत्री स्वेता खड्का आज आफ्नो २६ औं जन्मदिन मनाउँदै छिन् । उनले आज घरमा बिधीपूर्वक पूजापाठ गरेर जन्मदिन मनाउँदै छिन् ।
 

'पाँच बर्षसम्म फिल्म र व्यवसायमा व्यस्त भएँ । घरमा समय दिन पाएको थिईन । परिवारको आग्रहसँगै सुखशान्ति र सफलताको कामना गर्दै पाँच बर्षपछि घरमा पूजा गरेकी हुँ,' स्वेताले फिल्मीखबरसँग कुरा गर्दै भनिन्- 'आज दिनभर पूजापाठमा नै व्यस्त हुनेछ र परिवारसँगै बसेर जन्मदिन सेलिब्रेट गर्नेछु ।' फिल्म करियरको पाँच बर्षमा नै जीवनमै नसोचेको ठूलो सफलता पाएको बताउने स्वेताले भगवानलाई 'थ्याङ्क्यू' भन्नका लागि पनि पूजा गरेको बताईन् ।

 

पाँच बर्षमा ४ वटा फिल्म (कहाँ भेटिएला, श्रीमान श्रीमती, हाँसी देऊ एक फेर र कोहिनूर)मा अभिनय गरेकी स्वेताले प्रदर्शन हुन बाँकी फिल्म 'कोहिनूर'बाट निकै आशावादी रहेको बताईन् । उनले भनिन्- 'नबुझेर काम गर्दा त सफलता पाएँ, अहिले त बुझेर धेरै मेहनतका साथ काम गरेकी छु । अझै ठूलो सफलता पाउने आश गरेकी छु ।'

 

स्वेताले फिल्मको संख्या बढाएर काम नगर्ने बताउँदै भनिन्- 'बर्षमा एउटा राम्रो फिल्ममा काम गरेर दर्शकमाझ देखिनेछु । धेरै फिल्ममा नदेखिएपनि दर्शक तथा शुभचिन्तकबाट कहिल्लै टाढा हुनेछैन ।

 

बैबाहिक जीवनबारे भने उनले भगवानलाई छोडेकी छिन् । भन्छिन्- 'भगवानले जे गर्नु हुन्छ राम्रै गर्नुहुन्छ । त्यसैले यो बिषयमा भगवानसँग हात थापेकी छु । मेरो जीवनमा जो आउँछ राम्रै व्यक्ति आउँछ ।' उनले अहिले नै बिहे गर्ने सोच नरहेको बताईन् ।

 

स्वेतालाई फिल्मीखबर डट कमको तर्फबाट जन्मदिनको शुभकामना !