Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१२ वटा `टिभी फिल्म`को एउटै नाम `शहर`

रेम बिक, पोखरा, 2014/02/04

फलानो क्रियशन पोखराले १२ वटा ‘टेलिभिजन फिल्म’ निर्माणको घोषणा गरेको छ । पोखरास्थित गण्डकी टेलिभिजनमार्फत प्रशारण हुने गरि टेलिभिजन फिल्म निर्माण गर्न लागेको उसले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । १२ वटै टिभी फिल्मलाई संचारकर्मीसमेत रहेका अपिल त्रिपाठीले निर्देशन गर्दैछन् ।

 


१२ वटा फिल्मलाई निर्माण युनिटले हप्ताको एउटा गर्दै प्रशारणमा ल्याउने जानकारी दिएको छ । सिरियल जसरी प्रशारण गरिने भएपनि यो सिरियलभन्दा फरक प्रकृतिको फिल्म हुने निर्देशक त्रिपाठीले जानकारी दिए । ‘हामीले हरेक हप्ता छुट्टाछुट्टै कथा भएको छोटो फिल्मलाई प्रशारण गर्नेछौँ,’ त्रिपाठीले भने- ‘त्यसैले यो सिरियल जस्तो एउटै कथामा बगेको हुँदैन ।’



निर्माणपक्षले १२ वटै छोटो टिभि फिल्मलाई एउटै नाम ‘शहर’ दिएको छ । छुट्टाछुट्टै हप्ता देखाईने फिल्ममा शहरका विभिन्न पक्षहरुलाई समेटिने निर्माणपक्षले जनाएको छ । ‘पोखरा शहरमा देखिएका केहि फिल्मी शैलीका घटनाहरु र पोखरा शहरको व्यवसायिक तथा सामाजिक जीवन नै टिभी फिल्मको विषयवस्तु हुनेछ,’ निर्माणपक्षले भनेको छ ।



निर्देशन त्रिपाठीकै लेखन रहेको टिभी फिल्महरुमा फलानो क्रियशन र व्यवसायि ङुटुक गुरुङको संयुक्त लगानी रहेको छ । सरोज अधिकारीको छाँयाकन रहने सम्पुर्ण फिल्महरुलाई  पोखरामै छायाँकन गरिने छ । फिल्मका लागि कलाकारहरु छनौट हुन बाँकि नै रहेको निर्माणपक्षले बताएको छ ।