गत शुक्रबार मलेसियामा सम्पन्न छैठौं अवार्ड समारोहमा फिल्म 'नोभेम्बर रेन'को फस्टलुक पोस्टर र प्रोमो तथा गीत रिलिज गरिएको थियो । सोही समारोहमा रिलिज गरिएको पोस्टर यस्तो छ-


अभिनेता आर्यन सिग्देलले निर्माण गरेको फिल्म 'नोभेम्बर रेन' यहि चैत्र १४ गते रिलिज हुँदैछ । फिल्मका अर्का निर्माता सुवास गिरीले यहि साताबाट फिल्मको प्रचारप्रसार शुरू गर्ने बताएका छन् । दिनेश राउतले निर्देशन गरेको यो फिल्ममा आर्यन सिग्देल, नम्रता श्रेष्ठ र छुल्ठिम गुरूङको मुख्य भूमिका छ ।

