फिल्म 'छ एकान छ'का निर्देशक दिनेश डिसी र उक्त फिल्मकी अभिनेत्री नीता ढुंगानाको सम्बन्धका बारेमा फिल्म बजारमा गाईंगुईं नचलेको हैन । मलेसियामा सम्पन्न छैठौं नेफ्टा अवार्ड डिसी र नीताको सामिप्यता पनि देखियो जसरी अभिनेत्री ऋचा शर्मा र अभिनेता गौरव पहारीको सामिप्यता देखिएको थियो ।

निर्देशक डिसीले सम्बन्धलाई लुकाउन खोजेपनि अभिनेत्री ढुंगानाले भने लुकाउन सकिनन् । मलेसिया भ्रमणका क्रममा निर्देशक डिसीसँग छिटफुट रूपमा नजिक देखिएकी नीताले फर्कने बेला भने आफू डिसीसँग खुसी भएको छर्लङ्ग पारिदिईन् ।
मलेसियाबाट काठमाण्डौ फर्कदा शुरूमा नीता अभिनेत्रीद्धय करिष्मा मानन्धर र झरना थापाको सिटमा बसेकी थिईन् भने डिसी नीताको 'अपोजिट साईड'मा बसेका थिए । यि दुई अभिनेत्रीसँग बस्दा नीताको मन खुसी देखिएन । त्यसपश्चात नीताले सिट परिवर्तन गरिन् र हवाईजहाजको बिचको 'रो'मा अभिनेत्री बेनिशा हमालसँग गएर बसिन् । करिब आधा घण्टा जसो बेनिशासँग बसेकी नीताको मन अझै खुसी देखिएन ।

क्यामेरा सोझिएपछि दिनेश डिसीको सामु आफ्नो अनुहार लुकाउँदै नीता ढुंगाना ।
नीता निकै निन्याउरो अनुहार लगाएर बस्दा धेरैले अड्कल काटे उनी डिसीसँग बस्न चाहन्छिन् । तर, डिसी बसेको सँगैको सिट खाली भएपनि नीताको आँट आएन छेउमा गएर बस्न । उता निर्देशक डिसी पनि ज्याकेटले मुख छोपेर सुतेका थिए । सायद उनी पनि चाहन्थे नीता छेउमा आएर बसोस् ।
नीताको चाहना त्यो बेला पूरा भयो जुनबेला डिसी बसेको अगाडीको सिट खाली भयो । सिट खाली हुनासाथ नीता डिसीको अगाडीको सिटमा गएर बसिन् र मुस्कुराउन थालिन् । डिसीको पनि निद्रा भाग्यो । बेला बेला डिसी नीताको नजिक आएर कानेखुसी गर्थे । नीताको मन चंगा झैं उडेको प्रस्ट झल्किन्थ्यो ।
करिब चार घण्टाको हवाई यात्रामा नीता एक घण्टा जसो मात्र खुसी हुन सकिन् । अरूसँग बस्दा खुसी नहुने भए शुरूमै बसेको भए यसरी दु:खी अनुहार अरूलाई देखाउनै पर्थेन नि ! नीता जी, `प्यार किया तो डर्ना क्या` ![]()

