Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पर्दा पछाडिका `झोले` किस्सा

फिल्मीखबर, काठमाडौं, 2014/02/02

वर्तमान नेपाली फिल्म बजार कमेडी फिल्मको पक्षमा देखिएको छ । तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानीका ६ जना हास्य कलाकारले अभिनय गरेको फिल्म ६ एकान ६ ले व्यापारिक सफलता पाएपछि कमेडी फिल्मका निर्माता तथा निर्देशक पनि आफ्नो फिल्मको व्यापार राम्रो हुनेमा आशावादी देखिएका छन् ।

 

फागुन ९ गते अल नेपाल प्रदर्शन हुने ‘झोले’ का निर्देशक दिपेन्द्र के.खनाल पनि आफ्नो फिल्मको व्यापार राम्रो हुनेमा ढुक्क छन् । टेकेन खड्का निर्मित फिल्म ‘झोले’ को ‘तिमी नै मेरो’ रोमान्टिक गीत र प्रोमोप्रति दर्शकको आकर्षण बढ्दो छ । यो आकर्षणले फिल्म सफल हुने ग्रीन सिग्नल मिलेको निर्देशक दिपेन्द्र के. खनाल बताउँछन् । फिल्म प्रचारमा लागि परेका निर्देशक दिपेन्द्र के.खनालले ‘झोले’ निर्माणको क्रममा घटेका रमाइला घटना तथा प्रसंगलाई फिल्मीखबरसँग साटेका छन् ।


प्रियंकाको  ठमेल यात्रा

फिल्म भित्र  वेश्याको भूमिकामा देखिने अभिनेत्री प्रियंका कार्कीेले ‘झोले’ सुटिङपुर्व थुप्रै पटक ठमेल यात्रा गरेकी थिइन् । निर्देशक दिपेन्द्र के. खनालको सल्लाहमा  केही साँझ ठमेलमा बिताएकी प्रियंकाले त्यहाँ गएर यौनकर्मी महिलाहरुको हाऊभाऊ र शैली टिप्ने प्रयत्न गरेकी थिइन् । यो क्रममा उनले खासगरी ठमेलका यौनकर्मी युवतीसँग उनीहरुको बोली तथा व्यवहारलाई नजिकबाट नियालेकी थिइन् । खनालका अनुसार प्रियंकाको यो सिकाईले फिल्म सुटिङ्गका बेला निकै सजिलो भएको थियो ।

याहाङलाई मनाउनै मुस्किल
 ‘झोले’ मा समावेश ‘तिमी नै मेरो’ बोलको रोमन्टिक गीत यतिबेला हिट भइरहेको छ । तर, यो रोमान्टिक गीतमा दयाहाङलाई नचाउन निर्माण युनिटलाई कम्ता मुस्किल परेन । निर्देशक खनालका अनुसार सुरुमा त दयाहाङ्गले नाच्ने कुरा सुन्नै मानेका थिएनन् । निर्माण युनिटको करकापपछि मात्र दया उक्त गीतमा नाच्न तयार भएका थिए ।
 

 पुरुषोत्तमले खाए टेकै टेक
 कलाकारले टेक खाएको कुरा नयाँ हैन । तर, ‘झोले’ सुटिङको क्रममा छायाँकार  पुरुषोत्तम प्रधानले यति धेरै टेक खाए कि जस्ले गर्दा सुटिङको अवधि केही दिन लम्बिन पुग्यो ।  पुरुषोत्तमले टेक खाने कारण भने अरु केही नभएर फिल्मको सिक्वेन्स नै हुन्थ्यो । खनालले त्यो क्षण वर्णन गर्दै भने, ‘जब कलाकारले टेक दिन सुरु गर्थें, पुरु हाँसेर खिच्नै भुल्थ्यो । किनकी फिल्ममा यति धेरै हाँसउठ सिक्वेन्स छन् जुन यत्तिकै पढ्दा पनि मान्छे हाँसो थाम्न सक्दैन ।’
 
 हिरो हिरोइन नभएको फिल्म
सामान्यतया फिल्ममा हिरो हिरोइन भन्ने हुन्छ । तर, निर्देशक खनालले ‘झोले’ मा हिरो हिरोइन नभएको बताए । पछिल्लो समयकी व्यस्त अभिनेत्री प्रियंकालाई हिरोइन नदेखाउन हर सम्भव प्रयास गरिएको पनि खनाल बताउँछन् । निर्देशक भन्छन, ‘हाम्रो फिल्म हिरो हिरोइन नभएको फिल्म ।’