मलेसियामा सम्पन्न छैटौं नेफ्टा अवार्डमा आफ्नो असहभागीतालाई लिएर अभिनेत्री रेखा थापाले एक प्रेस विज्ञप्ती जारी गरेकी छिन् । प्रेस विज्ञप्ती जारी गर्दै रेखाले अवार्डको बारेमा गरेको बार्गेनिङको खण्डन गरेकी छिन् ।
अभिनेत्री थापाले जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ- ‘कार्य व्यस्तताले गर्दा म समारोहमा उपस्थित हुन नपाउने जानकारी गराउँदा पनि उक्त कार्यक्रमको प्रचार सामाग्रीमा मेरो फोटो राखेर प्रचार गरिनु, तिमी उपस्थित नभए तिमीले पाउने अवार्ड अर्कैलाई दिन्छु भनी म माथि धम्कीपूर्ण दबाब दिइनु अनि रेखा थापा उपस्थित हुन्न भन्ने ठहर भएपछि रेखा थापाले धोका दिइन् भनेर प्रचार गरिनुले म लगायत मेरो क्षेत्रलाई हृदय देखि माया गर्ने सम्पूर्णमा अझ बढी अन्याय भएको मैंले ठहर गरेकी छु ।’
प्रेस विज्ञप्तीमा केही राउटे समुदायका लागि कार्य गर्दै आइरहेको रेखा थापा फाउन्डेशन र छायाँकनको तयारीमा रहेको फिल्म ‘हिम्मतवाली’ को कार्य व्यस्तताले मलेसियामा सम्पन्न नेफ्टा अवार्डमा सहभागीता हुन नपाएको उल्लेख छ ।
अभिनेत्री रेखा थापाद्धारा जारी प्रेस विज्ञप्तीको पूर्ण पाठक यस्तो छ -
प्रेस बिज्ञप्ति नेपाल चलचित्र प्राबिधिक संघ (ल्भ्ँत्ब्) को आयोजनामा पहिलो पटक मुलुक बाहिर सम्पन्न भईरहेको अवार्ड समारोहको बिषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सही र सत्य समाचारबाट सु(सुचित हुन पाउनु हरेक पाठकहरुको नैसर्गिक अधिकार हो भन्ने मैले बुझेकी छु ।
दिनरात घामपानी नभनी न्यूनतम पारिश्रमीक लिएर श्रम गर्ने प्राबिधिकहरुबाट अवार्ड कार्यक्रम गरिनु आफैमा एउटा गौरबको बिषय हो । मेरो वहाँहरु प्रति सदैव श्रद्धा रहेको छ र रहिरहने छ तर उक्त कार्यक्रममा म एउटा कारणले उपस्थित हुन नपाउनु अनि आयोजकको तर्फ बाट अर्को कारण देखाउदै समाचार सम्प्रेषण गरिनुले म लगायत नेपाली चलचित्रलाई आफ्नो मनमा बोकेर हिड्ने लाखौँ दर्शक श्रोता पाठकहरुको भावनामा ठेस पुगेको वास्तबिकतालाई बाहिर ल्याउनै पर्ने अवस्था आएकोले म यो बिज्ञप्ती जारी गर्दैछु ।
दैनिक मजदुरी गर्ने प्राबिधिकहरुको नामबाट सम्पन्न भईरहेको उक्त कार्यक्रममा पञ्चानब्बे प्रतिशत प्राबिधिकलाई नै प्रबेश निषेध गरिनु आफैमा अन्यायपूर्ण त छदैछ, सँगसँगै मेरो उपस्थितिको सम्बन्धमा आयोजकबाट मलाई जानकारी नआएको हैन तर सोही समयमा रेखा थापा फाउण्डेशन र मेरो निर्माणधिन चलचित्र हिम्मतवालीको कार्य ब्यस्तताले गर्दा म समारोहमा उपस्थित हुन नपाउने जानकारी गराउँदा पनि उक्त कार्यक्रमको प्रचार सामाग्रीमा मेरो फोटो राखेर प्रचार गरिनु, तिमी उपस्थित नभए तिमीले पाउने अवार्ड अर्कैलाई दिन्छु भनी म माथि धम्कीपूर्ण दबाब दिईनु अनि रेखा थापा उपस्थित हुन्न भन्ने ठहर भए पछि रेखा थापाले धोका दिईन भनी प्रचार गरिनुले म लगायत मेरो क्षेत्रलाई हृदय देखि माया गर्ने सम्पूर्णमा अझ बढी अन्याय भएको मैले ठहर गरेकी छु ।
अवार्ड कार्यक्रम सफलताका साथ सम्पन्न होस यसको गरीमा अझै उचाईमा पुगोस, प्रतिभावान कलाकार तथा प्राविधिकको उचीत मूल्यांकन हुनेछ भन्ने मैले बिश्वास लिएकी छु । यस्तो बिषम परिस्थितिमा पनि निरन्तर चलचित्र निर्माण गरेर सयौँ प्राबिधिकहरुलाई रोजगारी दिएको यथार्थता अवगत गराउँदै आगामी दिनहरुमा पनि प्राबिधिक संघ र प्राबिधिकहरु प्रति मेरो सदासयता र साथ रहिरहने छ । यस्ता अनर्गल प्रचारका पछि नलागी यथार्थ मनन गरिदिनु हुन सम्पूर्ण चलचित्रकर्मी, पत्रकार र आम दर्शकहरुमा हार्दिक अनुरोध गर्दछु ।
रेखा थापा
(अभिनेत्री र निर्माता)

