Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेनिशा हमाल भन्छिन्, `अनुभवी कलाकार पुरानै ढर्रामा`

फिल्मीखबर, काठमाण्डौ, 2014/01/31

साप्ताहिक शुक्रबार पत्रिकासँग कुरा गर्दै अभिनेत्री बेनिशा हमालले अनुभवी कलाकारले पुरानै ढर्रामा काम गर्ने बताएकी छिन् । नयाँ कलाकारसँग काम गर्ने जोश हुने दाबी गर्दै पुराना कलाकारप्रति यस्तो अभिव्यक्ति दिएकी हुन् ।

 

फिल्म ‘मोक्ष’ को प्रचारप्रसारको व्यस्तालाई छिचोल्दै छैठौं नेफ्टा फिल्म अवार्डकालागि मलेसिया पुगेकी बेनिशाले दिएको यो अभिव्यक्ति ठिक छ या गलत ? छुट्याउने जिम्मा पाठक तथा उनका शुभचिन्तकको । ‘मोक्ष’ फिल्ममा बेनिशा बाहेक कोशिस क्षेत्री, बिक्रम सिंह, दीपेश भण्डारी, मनीष गोदार लगायतका नयाँ कलाकारको ‘मोक्ष’ मुख्य अभिनय छ । माघ २४ गते प्रदर्शन हुने ‘मोक्ष’ फिल्म प्रतिक्षित बनेको छ ।

 

केही साता अघि गरिएको च्यारेटीमा शोमा सहभागीले अत्याधिक रुचाइएपछि ‘मोक्ष’ प्रतिक्षित फिल्म बन्न पुगेको हो । सुनिल मानन्धरको लगानी रहेको ‘मोक्ष’ फिल्मलाई प्रविन श्रेष्ठले निर्देशन गरेका हुन् । म्युजिक भिडियो हुँदै फिल्ममा पाइला चालेकी बेनिशाको करिअरमा यो फिल्मले ठुलै अर्थ राख्ने विश्वास छ ।