Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

जेनिशालाई `आधी बाटो`मा बोलाए सविनले

फिल्मीखबर, काठमाडौं, 2014/01/31

नेपाली नयाँ बर्ष लक्षित चैत २८ गते प्रदर्शन हुने फिल्म ‘आधी बाटो’ मा समावेश दोस्रो गीत सार्वजनिक गरिएको छ । जहाँ कलाकार सविन श्रेष्ठ र जेनीशा केसीको अभिनय गरेका छन् ।

 

सार्वजनिक गरिएको ‘जरुर आउनु’ बोलको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ । स्वर स्वरुपराज आचार्यले दिएका छन् । सबिर श्रेष्ठ निर्देशित ‘आधी बाटो’ फिल्म साँगीतिक लभ स्टोरीमा आधारित छ ।

 

‘आधी बाटो’ मा सविन र जेनिशाको सँगै गायक यश कुमारको पनि मुख्य भूमिका छ । रमेश त्वायना निर्मित फिल्ममा अनु शाह, पुर्व मिस नेपाल रुवी राणा लगायतका कलाकारको अभिनयलाई पनि हेर्न सकिन्छ ।