Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

अवार्डकालागि रेखाको `वार्गेनिङ`

फिल्मीखबर, काठमाडौं, 2014/01/30

अवार्डका लागि मलेसिया जाने सूचीमा रहेकी रेखा थापा मलेसिया जाने अन्तिम खेपका कलाकारको सूचीमा समावेश भइनन् । आयोजकले टिकट र भिषा समेत तयार गरेपछि रेखा थापा मलेसिया नउड्नुलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् ।

 

श्रोतका अनुसार रेखा थापा अवार्डमा बार्गेनिङ नमिलेपछि मलेसिया जाने टोलीमा छुटेकी हुन् । रेखा थापाले मलेसियामा शुक्रबार आयोजना हुन गईरहेको छैटौं नेफ्टा अवार्डमा आफूले अवार्ड पाए मलेसिया जाने नत्र नजाने अड्डी कसेको श्रोत बताउँछ । तर, अवार्ड आयोजकले रेखा थापालाई नै अवार्ड दिने भन्ने कुरा ‘प्रमिस’गर्न नमिल्ने जनाएपछि थापाले मलेसिया जान अनिच्छा जताएको पनि श्रोतको दाबी छ ।

 

अवार्ड आयोजकले टिकट लिईसकेको र भिषा पनि लागि सकेकाले रेखालाई लैजान भरमग्दुर प्रयत्न गरेको तर रेखा अवार्ड पाउनुपर्ने आफ्नो अडानबाट टसकोमस नभएपछि आयोजकले बाध्य भएर रेखा थापालाई बिहीबार १२ बजेसम्म एअरपोर्ट आइपुग्ने अल्टिमेटम दिएका थिए तर रेखाले आयोजकको अल्टिमेटमलाई वेवास्ता गरेपछि रेखा थापा बिनै टोली मलेसिया उडिसकेको छ ।



रेखा मलेसिया नजानमा उनका आफ्नै कार्यव्यस्तता वा आन्तरिक कारणहरु पनि होलान् तर टिकट नै लिईसकेपछि अवार्डको विषयलाई लिएर विवाद हुनु पक्कै पनि राम्रो कुरा होइन । यति श्रोतले भनेझैं रेखाले अवार्डका लागि नै बार्गेनिङ गरेकी हुन् भने त झनै लाजमर्दो कुरा भयो । आफूलाई नम्बर वान हिरोइन भनाउन रुचाउने नायिकाले अवार्डलाई प्रतिष्ठाको विषय बनाएको चैं अलि सुहाएन की ?