Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

`ऋतु`को ट्रेलर सार्वजनिक । राजसँग मलिना खुसी !

फिल्मीखबर, काठमाण्डौ, 2014/01/29

आउँदो मार्च ७ अर्थात फागुन २३ गते रिलिज हुन लागेको फिल्म 'ऋतु'को ट्रेलर सार्वजनिक गरिएको छ । युगल जोडीको प्रेममा आउने उतारचढावको कथा भन्ने यो फिल्ममा राजबल्लभ कोईराला र पूर्व मिस नेपाल मलिना जोशीको मुख्य भूमिका छ ।

 

ऋतु बदलिए जस्तो गरेर बदलिरहने जीवनका तीतामीठा पलहरुलाई पर्दामा उतारिएको यो फिल्मलाई मनोज अधिकारीले निर्देशन गरेका हुन् । आल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस्, अपिल विष्ट फिल्मस र अशोक गौतम फिल्म्सले निर्माण गरेको यो फिल्ममा राज र मलिनासँगै रीमा विश्वकर्मा, बिष्णु न्यौपानेको पनि मुख्य भूमिका छ ।

 

अष्ट्रेलिया र नेपालमा छायाँकन गरिएको यो फिल्मलाई सन्दीप बडालले लेखेका हुन् । फिल्ममा हेमन्त राना र सुजिल कर्मचार्यको संगीत, भरतमणी रेग्मीको सम्पादन, सुशन प्रजापतीको छायाँकन तथा भिमसेन गुरूङको करियोग्राफी रहेको छ ।