'अन्तराल' फिल्मबाट रजतपटमा उदाएकी अभिनेत्री अशिष्मा नकर्मी 'अधकट्टी' नामक फिल्ममा अनुबन्धित भएकी छिन् । सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गर्न लागेको उक्त फिल्ममा अशिष्मालाई इन्ट्री गराईएको हो ।
.jpg)
फिल्मको पात्र अनुसार अशिष्मा सुहाउने भएकाले उनलाई अनुबन्धित गरिएको निर्देशक आचार्यले फिल्मीखबरलाई जानकारी गराए । 'तोरी लाहुरे', 'राघव', 'सिक्स फिट लाईफ' जस्ता फिल्म रिलिजको पर्खाइमा रहेकी अशिष्मा पछिल्लो समय निकै रूचाईएकी अभिनेत्री हुन् । सरल व्यवहार र कुशल अभिनयका कारणले पनि अशिष्मा पछिल्लो पुस्तामाझ रोजिने कलाकार हुन् ।
अशिष्मासँगै यो फिल्ममा विल्सन विक्रम राई, गौरव पहारी, रिस्ता बस्नेत, प्रदिप बाँस्तोलाको मुख्य भूमिका रहनेछ । यस्तै फिल्ममा नम्रता श्रेष्ठको बिशेष भूमिका रहने छ । माघको अन्तिम साता या फागुनको पहिलो साताबाट सुटिङ शुरू गर्ने बताईएको यो फिल्मलाई प्रदीप उदयले निर्माण गर्नेछन् ।
कमेडी फिल्म 'अधकट्टी'मा राजन इशानको संगीत छ । यस्तै अतिथी संगीतकारको रूपमा बसन्त सापकोटाले एउटा गीतमा संगीत दिएका छन् । सुवास ढकालको कथा तथा विजय अधिकारीको लेखन रहेको फिल्ममा मदन कास्यप घिमिरेको क्यामेरा रहनेछ ।

