Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(52 votes, avg 5.00/5.00)
Text size:-
+
-

आमा बनिन् केकी अधिकारी

फिल्मीखबर, काठमाण्डौ, 2014/01/28

फिल्म ‘मुटु’मा अभिनेत्री केकी अधिकारीलाई आमाको भूमिकामा देख्न पाइनेछ । बाल कलाकार सुप्रिम शाहको आमा भएर केकीले ‘मुटु’ अभिनय गरेकी छिन् । आमा बनेकीलाई ‘मुटु’ अभिनेताद्धय विमलेश अधिकारी र मुकेश आचार्यले आफ्नो बनाउने प्रयास गर्नेछन् ।

 

माघ २४ गते रिलिज हुन लागेको पारिवारिक लभ स्टोरीको फिल्म ‘मुटु’ले सञ्चारकर्मीसँग पहिलो भेटघाट कार्यक्रम गरेको छ । अनामनगरस्थित युनियन हाउसमा अभिनेत्री केकी अधिकारी भने मलेसिया गएका कारण उपस्थित हुन सकिनन् । कार्यक्रममा उपस्थित नभएपछि केकीको आमा बन्दाको अनुभव सञ्चारकर्मीले सुन्न पाएनन् ।
 

फिल्म प्रदर्शन तथा प्रचारका लागि अमेरिकाबाट नेपाल फर्किएका निर्माता तथा निर्देशक सूर्य बोहराले ‘मुटु’ रुपमा पारिवारिक फिल्म रहेको बताए । 'अग्नि परिक्षा' र 'कान्छा' फिल्म निर्देशन पश्चात अमेरिका उडेका सूर्य बोहराले भने- ‘दुनियाँ रंगीन रहेछ । चरी जति नै माथि उडेपनि आफ्नो गुँड खाजेर फर्कंदो रहेछ । म पनि आफ्नो गुँड फर्केर आएको छु ।’ उनले ‘मुटु’ फिल्मबाट स्थापित हुने विश्वास व्यक्त गरे ।

 

अभिनेता विमलेश अधिकारीले सम्पूर्ण दर्शकलाई हलमै गएर ‘मुटु’ फिल्म हेरिदन आग्रह गरे । 'ब्रेकफेल' फिल्मबाट रजतपटमा उदाएका अधिकारीले भने- ‘फिल्मको राम्रो र नराम्रो दुवै पक्षलाई बताइदिनु होला । फिल्ममा राम्रो गर्ने मिहेनत गरेको छु ।’ अर्का अभिनेता मुकेश आचार्यले ‘मुटु’ले दर्शकको मनलाई छुने विश्वास व्यक्त गरे । संगीतकार बसन्त सापकोटाले ‘मुटु’ को संगीत राम्रो बनाउन मिहिनेत गरेको बताए ।

 

शेरबहादुर लामाको क्यामेरा रहेको फिल्ममा बसन्त र सुरेन्द्र शाहको संगीत छ । फिल्ममा गम्भिर बिष्ट र सुरेन्द्र शाहले नृत्य निर्देशन गरेका छन् । निर्माता तथा निर्देशक बोहराले फिल्मले गरेको नाफाको दश प्रतिशत रक्षा नेपाल नामक सामाजिक संस्थालाई दिने बताए । पवित्रा समाज सेवा र देवी साहारा फाउन्डेशनलाई फिल्मको च्यारेटी गरेर निश्चित रकम उपलब्ध गराउने समेत निर्माता तथा निर्देशक बोहराले कार्यक्रममा जानकारी गराए ।