राजधानीमा नयाँ फिल्म फेस्टिभलको औपचारिक सुरुवात भएको छ । ‘काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ नाम दिइएको फेस्टिभल सोमबार उपराष्ट्रपति परमानन्द झाले रुसी साँस्कृतिक केन्द्रमा उद्घाटन गरे ।
पाँच दिने सम्म चल्ने फेस्टिभलको उद्घाटन गर्दै झाले अन्तर्राष्ट्रिय फिल्मको अवलोकनले फिल्म साक्षरता बढ्ने विश्वास गरे । ‘फिल्म मनोरञ्जनको माध्यम मात्र नभएर सँस्कृति र परम्पराको प्रचार प्रसार पनि हो । यस्ता महोत्सवले मनोरञ्जनसँगै अरु देशका सँस्कृति जान्न बुझ्न पनि मद्धत गर्दछ,’ झाले भने ।
महोत्सवको उद्घाटनसँगै नेपाली फिल्म ‘झोला’ प्रदर्शन गरियो । सय वर्षअघि अस्तित्वमा रहेको सति प्रथामाथि आधारित फिल्म ‘झोला’ साहित्यकार कृष्ण धरावासीको सोही नामको कथामा आधारित छ । महोत्सवमा मंगलबार कोरियन, रसियन र इजरेली फिल्म प्रदर्शन हुनेछन् ।
‘लभ अन एअर’, ‘डेस्पेराडो स्क्वायर’र ‘ल्युवाभ रु’ क्रमश : मंगलबारको १२ बजे,२ बजे र ४ बजेको शोमा प्रदर्शन हुनेछन् । फिल्म महोत्सवमा नेपाल बाहेक १२ देशका फिल्मले सहभागिता जनाएका छन् ।

