Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निशाको स्वर नखुल्दा सर्यो ‘भिमदत्त’को स्वराङ्कन

फिल्मीखबर, काठमाण्डौ, 2014/01/28

चिसो लागेर अभिनेत्री निशा अधिकारीको घाँटी बस्दा फिल्म ‘भिमदत्त’ को डबिङ सकिन केही दिन लाग्ने भएको छ । माघ १३ गते सक्ने भनिएपनि निशाको स्वर नखुल्दा डबिङ केही दिनको लागि सरेको हो ।

 

डबिङको अन्तिम दिन भन्दै निर्माता नवल खड्काले सञ्चारकर्मीलाई रेड स्टुडियोमा निमन्त्रणा दिएका थिए । ‘भिमदत्त’को भूमिका निभाएका निर्माता नवल खड्का, रमेश बुढाथोकी लगायत अन्य कलाकारको भने हिजोबाट डबिङ सकिएको छ । फिल्ममा अनुसन्धानकर्ताको भूमिका निभाएकी निशाको स्वर खुलेपछि डबिङ गरिने नवलले बताए । उनले मार्च २ तारिखमा हङकङमा हुने च्यारेटी पूर्व ‘भिमदत्त’ को पोष्टप्रोडक्सन कार्य सकिने जानकारी दिए ।

 

अमेरिका, कतार लगायतका देशमा च्यारेटीका लागि सम्झौता प्रक्रिया भैरहेको जानकारी दिदैं ‘भिमदत्त’ को पहिलो प्राथमिकता च्यारेटी रहेको निर्माता तथा कलाकार नवल खड्काले बताए । उनले भने- ‘सामजसेवाको लागि हामी नेपालका हरेक जिल्लामा ‘भिमदत्त’ को च्यारेटी गर्ने छौं ।’ च्यारेटी पछि मात्रै ‘भिमदत्त’ को सार्वजनिक प्रदर्शन गरिने नवलको योजना छ ।

 

हिमग्याम टासी निर्देशकिय फिल्म ‘भिमदत्त’ मा नवल खड्का, निशा अधिकारी, रमेश बुढाथोकी, सुमिना घिमिरे, श्रीराम पुँडासैनी, कविता शर्माको मुख्य भूमिका छ ।