निर्माता तथा अभिनेता रोज राणालाई बधाई ! आधा दर्जन फिल्म निर्माणसँगै अभिनय समेत गरेका रोजलाई पुत्र लाभ भएको छ । माघ १३ गते साँझ सवा ७ बजे नर्भिक अस्पतालमा रोजलाई पुत्र लाभ भएको हो ।
छोरो जन्मिएको खुसी साट्दै रोजले आमा र बच्चाको स्वास्थ्य स्थिती सामान्य रहेको जानकारी दिए । डाक्टरले केही दिन अस्पतालमा राख्नुपर्ने सल्लाह दिएको उनले बताए । ३ केजीको बच्चालाई सर्जरीबाट निकालिएको हो ।
६ बर्ष अगाडी रोजको लगनगाँठो उपमा केसीसँग बाँधिएको थियो । दोस्रो संबिधान सभामा प्रत्यक्ष चुनाव लड्ने प्रयास गरेका रोजले अब फिल्म निर्माणमा सक्रिय हुने समेत बताए ।

