Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

एचआइभी संक्रमित बालबालिकालाई नन्दिताको सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2014/01/27

एचआइभी संक्रमित बालबालिकालाई शिक्षा तथा आवास प्रदान गर्दै आइरहेको किर्तिपुरस्थित ‘बेबी लाइफ होम’ लाई अभिनेत्री नन्दिता केसीले नगद सहयोग गरेकी छिन् । नन्दिताले बेबी लाइफ होममै पुगेर ८१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेकी हुन् ।

 

 

वि.सं. २०६७ सालदेखि व्यक्तिगत पलहमा बेबी लाइफ होम सञ्चालन गर्दै आएका राजकुमार राई र उमा गुरुङले अभिनेत्री नन्दिताले प्रदान गरेको रकम बालबालिकाको शिक्षा तथा आवसमा खर्च गर्ने बताए । बेबी लाइफ होममा हाल १६ जना अभिभावक बिहिन एचआइभी संक्रमित बालबालिका छन् ।

 

'एक्जोक्टिक न्यू इएर फिएस्टा २०१४' मा सहभागी हुन जाँदा अभिनेत्री केसीले उक्त रकम संकलन गरेकी थिइन् । मिस हङकङ नेपालकी भ्वाईस चियरम्यान लिलेश्वरी खड्का, मिस हङकङ नेपाल २०१२ की परिना सुब्बा सहित सुनिता गुरूङ, नेत्र पहारी, गणेश बस्नेत लगायतले उक्त रकम संकलनमा सहयोग पुर्‍याएका थिए ।

 

नन्दिता नेफ्टा अवार्डको लागि आज मलेसियातर्फ उडेकी छिन् । नन्दितासँगै अभिनेत्री निरूता सिंह, अभिनेता सुनिल थापा, सबिन श्रेष्ठ, फिल्म निर्माता बाबुराम दाहाल, द्धन्दनिर्देशक चन्द्र पन्त सहितको टोली मलेसिया उडेको छ ।