Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनुको अंगालोमा बाँधिए सविन !

फिल्मीखबर, काठमाण्डौ, 2014/01/27

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहले दुइबिच अफयेर छ भन्ने हल्लाको अस्विकार गरेका छन् । सविन र अनुले आफुबिच खास सम्बन्ध नरहेको फिल्मीखबरसँग दाबी गरे ।

 

सविनसँग ‘हमेशा’ फिल्ममा छोटो दृश्य दिएकी अनुले नयाँ बर्ष चैत २८ गते रिलिज हुने फिल्म ‘आधी बाटो’ मा भने लामै समय स्क्रिन सेयर गरेकी छिन् । सार्वजनिक गरिएको ‘आधी बाटो’ को पोस्टरमा अनुले सविनलाई अंगालोमा बाँधेकी छिन् । दुबैजना रोमान्टिक देखिएका छन् ।

 

यो रोमान्टिक जोडीले ‘आधी बाटो’ छायाँकन गर्दा कस्तो अनुभव गर्यो त ? अनु सुनाउँछिन्- ‘सुटिङ रमाइलोसँग बित्यो । सविनसँग काम गर्न सजिलो भयो ।’ सविनसँग अफयेरको हल्ला छ नि ? भन्ने जिज्ञासामा अनुले भनिन्- ‘सँगै काम गरेपछि हल्ला चल्दो रहेछ । हामीबिच कुनै त्यस्तो सम्बन्ध छैन ।’

 

समाजसेवामा हात बढाउने योजनामा रहेका सविनले पनि अनुसँग खास सम्बन्ध नरहेको दाबी गरे । नेफ्टा अवार्डको लागि मलेसिया उड्ने तयारी गरिरहेका सविनले अनुसँगको सम्बन्धबारे यस्तो भने- ‘अफयेरको हल्ला सुन्दा सुन्दा वाक्क भैसकें । सबैसँग मिठो बोल्छु र अनुसँग पनि । त्यसैले यस्तो हल्ला भएको होला ।’

 

रियल प्रेम नरहेको दाबी गरिरहेका सविन र अनुको ‘आधी बाटो’ को प्रेमले चाहिं कस्तो सन्देश दिन्छ त ? अनुले भनिन्- ‘माया प्रेममा स्वार्थ हुँदैन । व्यक्तिको अवस्थाले प्रेमलाई प्रभाव पार्दैन भन्ने सन्देश ‘आधी बाटो’मा देखिने हाम्रो प्रेमले दिन्छ ।’ सविनले भने फिल्ममा सिम्पल लभ स्टोरी रहेको बताए ।

 

 

 

साँगीतिक लभ स्टोरीको फिल्ममा सविनका नजर अनु र जेनिशा केसीसँग जुध्नेछ । अनु र जेनिशा मध्ये सविन कस्को हुन्छन् ? यो रहस्यलाई गोप्य नै राखिएको छ । सबिर श्रेष्ठको निर्देशनमा रमेश त्वायना निर्मित ‘आधी बाटोमा सविन र अनुसँगै यश कुमार र जेनिशा केसीको मुख्य भूमिका छ ।