कलंकी सिनेमा प्रालिका संचालक समितिका अध्यक्ष श्री चन्द्र लाल तण्डुकारको हृदयघातका कारण निधन भएको छ । माघ १२ गते कालीमाटी स्थायी घरबाट त्रिपुरेश्वरको ब्लु क्रस हस्पिटल लैजाँदै गर्दा बिहान करिब सवा १० बजे अध्यक्ष तण्डुकारको निधन भएको हो ।

अध्यक्षको असमायिक निधनमा कलंकी हलको आजको पुरै शो बन्द गरिएको छ । कलंकी हलमा नेपाली फिल्म 'छ एकान छ' र हिन्दी फिल्म 'जय हो' प्रदर्शनरत छन् । कलंकी हल स्थापना कालदेखि नै कार्यसमिति अध्यक्षमा रहंदै आएका चन्द्रलाल तण्डुकारको पार्थिव शरीरलाई हाल टिचिङ हस्पिटलमा राखिएको छ ।
जापानमा रहेका उनका छोरा नेपाल ल्यान्ड भएपछि आज १ बजे पशुपती आर्याघाटमा दाहसंस्कार गरिने मदन शाक्यले फिल्मीखबरलाई जानकारी दिएका छन् । फिल्मीखबर परिवार अध्यक्ष तण्डुकारको आत्माको चिर शान्तिका कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

