Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

छविकी हिरोइनले भनिन्- `मलाई रेखा थापासँग नजोड्नुस्`

फिल्मीखबर, काठमाण्डौ, 2014/01/27

निर्माता छवि ओझा क्याम्पकी नव अभिनेत्री शिल्पा पोखरेलले नम्बर एक अभिनेत्री रेखा थापासँग तुलना गरेको आफुलाई मन नपर्ने अभिव्यत्ती दिएकी छिन् । शिल्पाले अभिनेत्री थापासँग जोडिएर आएका प्रसँगहरु मन नपर्ने समेत बताएकी छिन् ।

 

हेटौंडाका सञ्चारकर्मी राजेन्द्र कार्कीसँग कुरा गर्दै ‘लज्जा’ हिरोइनले भनेकी छिन्- ‘फिल्म क्षेत्रकी सुपर नायिकासँग जोडेर आएका प्रसंगहरु मलाई पट्टकै मन परेको छैन । उहाँसँग मेरो तुलना हुन सक्दैन ।’ रेखाको जस्तै लुक्स भएका कारण निर्माता ओझाले ‘लज्जा’ मा लिए ? भन्ने प्रश्नलाई शिल्पाले सिधै नकारेकी छिन् ।

 

एक सय बढी म्यूजिक भिडियोमा अभिनय गरेकी शिल्पाले भनेकी छिन्- ‘रेखा थापा जस्तो देखिएर मलाई छविले फिल्म खेलाउनु भयो भन्ने विश्वास लाग्दैन । म्युजिक भिडियोमा मैले कमाएको ख्याती, कार्यशैली र मप्रतिको विश्वासले मलाई उहाँले फिल्म खेलाउनु भएको हो ।’ उनको भनेकी छिन्, ‘म आफुलाई रेखा थापा जस्तो भन्दिन । म शिल्पा पोखरेल नै हुँ । मैंले उज्जवल भविष्यको लागि रेखा थापाबाट आर्शिवाद पनि पाएकी छु ।’