Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

चरित्र अभिनेत्री कार्कीलाई पति शोक

फिल्मीखबर, काठमाण्डौ, 2014/01/26

चरित्र अभिनेत्री विद्या कार्कीलाई पति शोक परेको छ । चार दर्जन भन्दा बढी फिल्ममा चरित्र अभिनेत्रीको रुपमा काम गरेकी कार्कीका पति शंकरराम कार्कीले निधन भएको छ ।

 


शंकररामको ५७ वर्षको उमेरमा आईतबार दिउँसो १ बजे राजधानीको त्रिविवि टिचिङ अस्पतालमा निधन भयो । कार्की एक दशक देखि मुटु सम्बन्धि समस्याले पीडित थिए । विभिन्न फिल्मकर्मीहरुको उपस्थितिमा आईतबार अपरान्ह कार्कीको पशुपति स्थित आर्यघाटमा दाहसंस्कार गरियो । शंकररामका श्रीमती विधा, छोरा संजोग र छोरी साधना छन् ।


चरित्र अभिनेत्री विद्या कार्की पछिल्लो समय फिल्म 'माला'को छायाँकनमा ब्यस्त छिन् ।