पहिलो फिल्म ‘अन्तराल’ बाटै अभिनेत्री नम्रता सापकोटाले तारिफ बटुलिन् । ‘अन्तराल’ पश्चात् नम्रताले कुनै पनि फिल्म खेल्नै सम्झौता गरेकी गरेकी छैनन् ।
‘अन्तराल’ खेल्नु पूर्व नै उनले अभिनय गरेको ‘सिग्नेचर’ फिल्म भने उचित प्रदर्शनको मिति पर्खेर बसेको छ । फिल्म प्रदर्शन भएको झन्डै एक बर्ष पुग्न लाग्दा समेत नम्रताले किन अन्य फिल्म हस्ताक्षर गरिनन् ? फिल्मीखबरसँग नम्रताले फिल्म नखेल्नुको कारण खोलेकी छिन् । ‘म फिल्म बाहेक अरु काम पनि गर्छु,’ नम्रताले खुलाइन्- ‘फिल्मको प्रस्ताव नआएको हैन । क्यारेक्टर सुहाउँदो नभएर म आफैंले रिजेक्ट गरेकी हुँ ।’
नम्रताले फिल्म नखेलेपनि आफु फुर्सदमा भने नभएको बताइन् । नम्रताको व्यस्तता चाहिं केमा त ? उनले भनिन्- ‘म्यूजिक भिडियो र विभिन्न इभेन्टस्मा व्यस्त छु ।’ एनसेल यात्रामा सहभागीता जनाइरहेकी नम्रता केही बर्षदेखि सामाजिक संस्थामा पनि आवद्ध छिन् । ड्रग र अल्कोहलको लत हटाउने रिह्याव सेन्टरमा नम्रता दैनिक जाने गर्दछिन् ।
अनुप बरालबाट अभिनयको कक्षा लिएकी नम्रता पशुप्रेमी हुन् । उनले घरमा कुकुर र बिरालो पालेकी छिन् । ‘फेसबुकमा कुकुर र बिरालोको तस्बिर अपलोड गर्दा मिडियाले नम्रता फिल्म छोडेर कुकुर बिरालो पाल्दै भनेर लेख्यो,’ उनले गुनासो पोखिन् ।

