Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.60/5.00)
Text size:-
+
-

सक्कली सलमानलाई नक्कलीले पछार्‍यो !

फिल्मीखबर, काठमाण्डौ, 2014/01/26

असली सलमान खान आएपछि नक्कली सलमान बनेका दिपकराज गिरीको फिल्म ‘छ एकान छ’ लाई व्यापारिक रुपमा निकै धक्का पुग्ने अड्कल थियो । सक्कली सलमानको फिल्म ‘जय हो’ प्रदर्शन हुने भएपछि नक्कली सलमानको फिल्मलाई हलवालाले निकै कम पर्दामा सिमित पारिदिएका थिए ।

 

कमेडी फिल्म ‘छ एकान छ’ ले तेस्रो हप्तामा पाएजति हलमा उत्साहको व्यापार मात्रै गरेन केही मल्टिप्लेक्स पर्दामा सलमानको ‘जय हो’ भन्दा ‘छ एकान छ’ को व्यापार माथि रहेको सम्बन्धित पक्षले जानकारी गराएका छन् । काठमाडौं वितरक गोपाल कायस्थका अनुसार सलमानको ‘जय हो’ सँगै शनिबार प्रशर्दन भएको कलंकी, गोपी र गंगा हलमा ‘छ एकान छ’ माथि रह्यो । क्यू.एफ.एक्सको कुमारी हलमा एउटा मात्रै शो पाएपछि दर्जन बढि दर्शकले ‘छ एकान छ’ हेर्न पाएनन् ।

 

९ वटा हलमा प्रदर्शन भैरहेको ‘छ एकान छ’ लाई सोमबारबाट मल्टिप्लेक्स पर्दामा पुनः प्रदर्शन गरिने निर्माता दिपकराज गिरीले बताए । मोफसलका आधा दर्जन हलमा प्रदर्शन भैरहेको ‘छ एकान छ’ लाई सलमानको ‘जय हो’ ले कुनै असर नगरेको वितरक नरेन्द्र महर्जनले बताएका छन् । वितरक महर्जनले ‘छ एकान छ’ को हल थप्ने प्रक्रिया भैरहेको समेत बताए । तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानीका कलाकारका मुख्य अभिनय रहेको फिल्मले तेस्रो सातामा झन्डै २ करोडको ग्रस व्यापार गर्दैछ ।

 

आक्रमक प्रचार र राम्रो फिल्म बन्यो भने खान तथा बिग ब्यानरका बलिउड फिल्मदेखि डराउनु पर्दैन भन्ने सन्देश ‘छ एकान छ’ को व्यापारले दिएको छ । सलमान खानका अन्य फिल्म भन्दा ‘जय हो’को सुरुवाती व्यापार आक्रमक हुन सकेन ।