Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

कलाकार संघको पिकनिकमा चिनिने कलाकार कति ?

फिल्मीखबर, काठमाण्डौ, 2014/01/26

सम्पूर्ण नेपाली फिल्मी कलाकारको साझा संगठन नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको पिकनिकमा चिनिने कलाकारको उपस्थिति न्यून रह्यो । माघ १० गते शनिबार भक्तपुरस्थित बाग्मती क्लब परिसरमा मिडियाले राजेश हमाल, करिश्मा मानन्धर, भुवन केसी, रेखा थापा, आर्यन सिग्देल जस्ता कलाकारलाई खोज्यो तर पाएन ।

 

 

 

चिनिएका कलाकारहरूको उपस्थिती किन भएन त ? संघका सचिव उत्तम केसीले संघको सदस्यता लिएका सम्पूर्णलाई पिकनिक बारे जानकारी गराएपनि सहभागी नभएकोमा दुःख व्यक्त गरे । संघको कार्य समिति सदस्यलाई एक हजार मूल्य बराबरको टिकट दिएर संघका सदस्य लिने सम्पूर्ण कलाकारलाई निमन्त्रणा दिने भनिएपनि पिकनिकमा भने चिनिने कलाकार न्यून रुपमा सहभागी भए ।

 

कार्यसमिति कोषाध्यक्ष निशा अधिकारी लञ्च समयमा मात्रै पिकनिकमा पुगिन् । अभिनेता जीवन लुईटेल, सबिन श्रेष्ठ, अभिनेत्री सुमिना घिमिरे धेरै बेर पिकनिकमा अडिन सकेनन् । अभिनेता गजित बिष्ट, सोहित मानन्धरले भने बिहानदेखि साँझसम्म रमाईलो गरे । नृत्य निर्देशक शंकर बिसी, कलाकार दिपाश्री निर्रौला र कविता शर्माको आकर्षक नृत्यले भने सम्पूर्ण कलाकारको अनुपस्थितिलाई बिर्सायो ।

 

निर्देशक बिसीले अभिनेत्री निर्रौलालाई बोक्दा माहोल गरम बन्न पुगेको थियो । निर्माता तथा कलाकार दिपकराज गिरीले ‘छ एकान छ’ सफल भएको खुसीयाली पिकनिक स्पटमै साटे । कलाकार संघले गत बर्ष गरेको पिकनिकमा पनि चलेका अनुहारको उपस्थिती न्यून नै थियो ।