Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-

बन्ने भो `वीर गोर्खाली`

फिल्मीखबर, काठमाण्डौ, 2014/01/25

वीर गोर्खालीको गाथामा आधारित रहेर फिल्म 'वीर गोर्खाली' निर्माण हुने भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच फिल्म निर्माण गर्न लागेको औपचारिक जानकारी गराईयो ।

 


 

फिल्म निर्माणको घोषणासँगै भारतिय ब्रीगेडिएर चन्द्र बि. खण्डुरीले 'वीर गोर्खाली' निर्माण गर्ने कम्पनी 'हाईट एण्ड डेफ्ट'को कार्यालय उदघाटन गरे । कार्यक्रममा नेपाल भारत मानव विकास एवं मैत्री संघका केन्द्रीय अध्यक्ष तथा गान्धी ग्लोबल फेमिली नेपालका अध्यक्ष सुर्य भुषाल, अभिनेता आयुष रिजाल, अभिनेत्री गरिमा पन्त, रूपा राणा सहित फिल्म निर्देशन गर्न लागेका निर्देशक विमल पौडेलको उपस्थिती थियो ।


फिल्म 'वीर गोर्खाली'लाई रामहरी श्रेष्टले निर्माण गर्न लागेका हुन । हाल प्रि-प्रोडक्सनमा रहेको फिल्म आगामी माघ २२ गतेबाट फ्लोरमा जाने भएको छ । नेपाली वीर गोर्खालीहरुको  गाथा सहित फिल्ममा नेपाल र मित्र राष्ट्र भारत बिचको सम्बन्धलाई पनि देखाईने जानकारी गराईयो । शिव घिमिरेको कथा रहेको यो फिल्म नेपालको चितवन, रसुवा सहित भारतको लखनऊ तथा गोर्खाली गाथा समेटिएको ठाउँहरुमा सुटिङ गरिने निर्देशक बिमल पौडेलले बताए ।



'वीर गोर्खाली'मा ब्रीगेडिएर चन्द्र बि. खण्डुरिको गीत रहने छ । संजयबाबु ढकाल प्रस्तुतकर्ता रहने यो फिल्ममा आयुष रिजाल, ईन्द्र गुरुङ, गरिमा पन्त , रुपा राणा, शम्भु थापालगायतको अभिनय रहने बताईएको छ ।