Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

अमेरिकामा रेश । भ्यालेन्टाईन मनाउन प्रेमिकासँग पेरिस जाँदै

फिल्मीखबर, काठमाण्डौ, 2014/01/25

नेपाली फिल्म क्षेत्रमा बेला बेला चर्चा भईरहने फिल्म 'च्यालेन्ज'का निर्माता एवं अभिनेता रेश मरहठ्ठा अहिले अमेरिकामा छन् । काठमाडौंको जाडो छल्न भनेर अमेरिका पुगेका अभिनेता रेशले वासिंगटन डिसीको माईनस डिग्री तापक्रममा गायक नविन के. भट्टराई र यम बुद्धको गीतमा अभिनय गरेका छन् ।

 

 


नविनको 'याद तिम्रो' बोलको गीतको म्युजिक भिडियोमा रेशसँगै मोडल अशिमा अर्यालले पनि अभिनय गरेकी छिन् । उता गायक यम बुद्धको 'पागल' बोलको गीतमा मोडलहरु ईच्छा पोखरेल, ईन्दु पोखरेल र अप्सरा अर्यालले अभिनय गरेका छन् ।


त्यस्तै रेश अहिले नर्थ क्यारोलिनामा थियटर आर्टमा वारियरको भूमिकामा काम गरिरहेका छन् । तीन वर्षअघि सुटिङ सकिएको भएपनि नायक रेशले 'च्यालेन्ज'मा नयाँ पन देखाउन पुन: छायाँकन गरेका छन् । करिब ७० प्रतिशत जति पुन: छायाँकन गरिएको यो फिल्म तीन बर्षदेखि पोस्टप्रोड्क्सनमा नै छ ।

 

 

 

दर्शकलाई २ घण्टा मनोरञ्जन दिनका लागि समय, पैसा र परिश्रम खर्चिएर फिल्म बनाएको रेशले बताए । त्यस्तै रेशले अभिनय गरेको फिल्म 'मिसन पैसा रिलोडेड' र 'मेरो बेस्ट फ्रेण्ड' पनि रिलिज हुने तयारीमा छ ।

 

स्रोतका अनुसार रेश फेबु्रअरी महिनामा फ्रान्सको पेरिस जाने र त्यसपछि नेपाल फर्कने छन् । फेब्रुअरी महिनामा पेरिसलाई लभर पोईन्टका रुपमा बुझिन्छ । भ्यालेन्टाईन डेको अवसर पारेर उनी आफ्नो मायालुका साथ लभ अफेयरका लागि पेरिस जान लागेको स्रोत बताउँछ ।