Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

६० सेकेन्डको `नफर्किएकाहरू` उत्कृष्ट

फिल्मीखबर, काठमाण्डौ, 2014/01/25
इन्टरफेस नेपालद्धारा आयोजित ६० सेकेण्ड सर्ट फिल्म फेस्टिवलमा संजय चौलागाईद्वारा निर्देशित फिल्म 'नफर्किएकाहरु' विजेता बनेको छ । शुक्रवार थिएटर भिलेज लाजिम्पाटमा सम्पन्न फेस्टिवलमा विजेताको अवार्डसँगै उनले नगद २५ हजार पनि हात पार्न सफल भएका छन् । 
 
 
 
बरिष्ठ  फिल्मकर्मी यादब खरेलको प्रमुख आतिथ्यमा सम्पन्न फेस्टिवलमा कुशल श्रेष्ठद्वारा निर्देशित 'कलर्स अफ लाईफ' र शशांक रिजालद्वारा निर्देशित 'उडान' क्रमश फस्र्ट रनर अप र सेकेण्ड रनर अप भए । उनीहरुले क्रमश १५ र १० हजार नगद प्राप्त गरे । त्यसैगरी जुरी अवार्ड निर्देशक रोविन दाहालको 'वान' र पब्लिक चोइस अवार्ड निराजन भण्डारीको 'द लाष्ट कल'ले जितेको छ । उनीहरुले पनि अवार्डसँगै १०/१० हजार नगद जिते । 
 
 
यी पाँचै विजेताले सिम्रिक एअरलाईन्सका तर्फबाट माउन्टेन फ्लाईटमा जाने अवसर पनि पाएका छन् । पाँचै विजेता माउन्टेन फ्लाईटमा जाँदा सो (माउन्टेन फ्लाइट) सम्बन्धी २ मिनेटको फिल्म बनाउन सक्नेछन् र उत्कृष्ट फिल्मलाई पुनः ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । इन्टरफेस नेपालका कार्यकारी निर्देशक दिलभूषण पाठकले युवाहरुलाई रचनात्मक काममा अग्रसर गराउन फेस्टिवल आयोजना गरेको बताए ।
 
 
निर्णायक मण्डलमा बरिष्ठ  फिल्मकर्मी यादब खरेल, अभिनेत्री निशा अधिकारी, फिल्म समिक्षक यज्ञश, फिल्म निर्देशक/ कलाकार इलम दिक्षित र युवा अभियन्ता राजेन्द्र मुल्मी थिए ।