Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

निर शाहको टिप्पणी ठट्यौली या असन्तुष्टी ?

फिल्मीखबर, काठमाण्डौ, 2014/01/24

नृत्य निर्देशक गोविन्द राईले पहिलो पटक निर्देशन गरेको फिल्म ‘नागबेली’ को पोस्टर तथा प्रोमोमा स्थान नदिएपछि निर शाहले घुमाउरो शैलीमा टिप्पणी गरेका छन् । शाहको टिप्पणी ठट्यौली थियो या असन्तुष्टी ? बुझ्न गार्हो भयो ।

 

निर्देशक गोविन्द राईलाई लक्षित गर्दै शाहले भने- ‘पोस्टरमा त राख्नु भएन, प्रोमोमा पनि टाउको निहुरिएको तालु देखिएको सिन मात्रै राख्नु भएछ नि !’ शाहले यस खालको प्रश्न गर्दा निर्देशक राई हाँसे मात्रै कुनै जवाफ दिएनन् ।

 

प्रोमो तथा पोस्टरमा नदेखिएका शाहले निर्देशक राईको पहिलो निर्देशकिय फिल्म रहेको ‘नागबेली’ लाई सफलताको कामना दिन भने छुटाएनन् । झन्डै १५ मिनेट बोल्नलाई समय लिएका शाहले ‘नागबेली’ सफलताको लागि नाट्यश्वेरी मातासँग कामना नै गरे । प्रोमो तथा पोस्टरमा लुकेका शाहको कामना ‘नागबेली’ फिल्मलाई कत्तिको लाग्ने हो ? प्रदर्शन पछि नै थाहा होला ।