Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

`छ एकान छ` पाइरेसी गर्ने पक्राउ । तीन बर्षसम्म जेल सजाय हुनसक्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/01/24

देशभर सफलताकासाथ प्रदर्शनरत फिल्म 'छ एकान छ'को अनलाइन पाइरेसी गर्ने सन्दीप मगर पक्राउमा परेका छन् । फिल्मका निर्माता दिपकराज गिरीले उजुरी दिएपछि महानगरिय प्रहरी प्रभाग हनुमानढोकाले २४ घण्टा भित्रमा अपराधीलाई पक्राउ गरेको हो ।

 

 

काठमाण्डौको कलंकी हलमा मोबाइलबाट खिचिएको करिब ५० मिनेटको भिडियोलाई सन्दीपले आफ्नै अकाउण्ट बनाएर युट्यूबमा अपलोड गरेका थिए । पक्राउ परेका मगरले फिल्म पाइरेसी गरेको स्विकार्दै आफूले लाईक आउने भएर अपलोड गरेको बयान दिएका सन्दीपको भनाईलाई उध्रित गर्दै निर्माता दिपकले भने- 'उसले साइबर ल सम्बन्धी ज्ञान नभएर फिल्म अपलोड गरेको बताएको छ ।'

 

काभ्रेका २२ बर्षिय सन्दीपलाई अहिले हनुमानढोकामा राखिएको छ । निर्माता दिपकले फिल्म पाईरेसी हुँदा करिब ५० लाख रूपैयाँ बराबरको नोक्सान भएको बताउँदै सन्दीपसँग कानुन बमोजिमको सजाय सहितको क्षतिपूर्ती माग गरेका छन् ।

 

साईबर अपराधको कानुन अनुसार अपराधीले बढिमा तीन बर्षको जेल सजाय र पचास हजारदेखि तीन लाख रूपैयाँसम्म जरिवाना या दुवै सजाय हुनसक्छ । अब सन्दीपलाई कतिसम्मको सजाय दिने त्यो अदालतले फैसला गर्ने दिपकले बताए ।