Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

यस्तो छ गोविन्द राईको `नागबेली` प्रोमो

फिल्मीखबर, काठमाण्डौ, 2014/01/24

गोविन्द राई निर्देशित फिल्म ‘नागबेली’ को पहिलो प्रोमो सार्वजनिक गरिएको छ । एक सय बढी फिल्मको नृत्य निर्देशन गरेका निर्देशक राईले ‘नागबेली’ को प्रोमोलाई महंगो देखाउने प्रयास गरेका छन् ।

 

अनामनगरस्थित युनियन हाउसको कार्यक्रममा निर्देशक गोविन्द राईले भने, ‘फिल्मलाई राम्रो बनाउने प्रयास गरेको छु । फिल्म बनाउन साथ दिनु हुने सबैलाई धन्यवाद ।’ अभिनेत्री रेखा थापाको प्रेरणामा फिल्म निर्देशन गर्न जुटेको बताउने निर्देशक राईले फिल्म ‘नागबेली’ युवावर्गको जीवनमा आउने विभिन्न घुम्तीहरुमा आधारित भएको बताए । त्यस्तै लेखक दिपेन्द्र लामाले फिल्म ‘नागबेली’ लाई हेरेर स्पष्ट प्रतिक्रिया दिन आग्रह गरे ।

 

कलाकार निर शाह, हर्षिका श्रेष्ठ, यशराज गराच ‘नागबेली’ फिल्म राम्रो बनेको बताउँदै सबैलाई हलमा गएर हेरिदिन आग्रह गरे । सञ्चारकर्मी दिपेन्द्र लामाको लेखन रहेको ‘नागबेली’ वर्तमान युवाले देख्ने सपना र संघर्षको कथामा आधारित छ । बैशाखमा प्रदर्शनको लक्ष्य राखिएको फिल्ममा दयाहाङ राई, एसराज गराच, लुनिभा तुलाधर, हर्षिका श्रेष्ठ, विक्की मल्ल, सुरभी जैन, अशोक फुयाल, सम्भव श्रेष्ठ, नीर शाह, रुपा राना लगायतको मुख्य भूमिका छ । रामशरण उप्रेतीको छायाँकन एवं विवि अनुरागी र शितल मोक्तानको संगीत रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन छ ।

 

‘नागबेली’ फिल्मको नृत्य निर्देशनका लागि निर्देशक गोविन्द राईले दार्जीलिङबाट गुरु कमल राईलाई काठमाडौं झिकाएका थिए । गुरु कमलसँगै गोविन्द राईले पनि ‘नागबेली’ मा नृत्य निर्देशन गरेका छन् । रोमीयन चेम्जोङको लगानी रहेको फिल्मको युकेमा एक शो सम्पन्न भैसकेको छ । निर्माता चेम्जोङले फेव्रुअरीमा पुनः युकेमा ‘नागबेली’ को शो गर्दैछिन् ।