सार्वजनिक कार्यक्रममा ध्यान नदिएर बोल्दा विभिन्न खाले टिकाटिप्पणी हुन्छ भन्ने कुराको ज्ञान अभिनेत्री हर्षिका श्रेष्ठलाई भएको हुनुपर्छ । आफु अभिनित फिल्म ‘नागबेली’ को प्रेस मिटमा बोल्ने मौका पाएकी हर्षिकाको बोलीलाई लिएर युनियन हाउस परिसरमा कानुखुसी मात्रै चलेन उनको बोल्ने क्षमता माथि नै प्रश्न धेरैले उठाए ।
औपचारिक कार्यक्रम हलको माइकमा ‘मलाई भोक लाग्यो’ भनेपछि हर्षिका टिप्पणीको पात्र भएकी हुन् । आफ्नो पात्र तथा फिल्मबारे बोल्न माइक लिएर उभिएकी हर्षिकले ‘कार्यक्रम लामो भयो भन्दा पनि मलाई भोक लाग्यो कार्यक्रम सकाउँ’ भनेपछि सहभागीबिच कानेखुसी चलेको थियो ।
बरिष्ठ फिल्मकर्मी निर शाहलाई फिल्म उधोगका व्यक्तिहरूले 'राजा' भनेर सम्बोधन गर्छन् । तर हर्षिकाले भने कार्यक्रममा शाहलाई 'दाई' भनेर सम्बोधन गर्दा उपस्थित सञ्चारकर्मी मुखामुख गरे । जबकी उनले निर शाहकै अगाडी निर्देशक गोबिन्द राईलाई 'सर' भनेर सम्बोधन गरेकी थिईन् ।
सहभागीको कानेखुसी हर्षिकाले सुनिन् या सुनिनन् ? उनको बोल्ने क्षमतालाई लिएर भएको कानेखुसी तथा टिप्पणीलाई सुनेको भए पक्कै पनि अर्को कार्यक्रममा हर्षिकाले आफ्नो बोल्ने शैलीमा सुधार ल्याउनेछिन् ।

