Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

फिल्म चलेर पनि हिट हुन नसकेका हिरो

फिल्मीखबर, काठमाण्डौ, 2014/01/22

कलाकार हिट र फल्प फिल्मले गर्ने व्यवसायले निर्धारण गर्छ । रजतपटमा व्यावसायिक सफलता हात पार्ने भाग्मानी कलाकारको संख्यो त्यति लामो छैन । हिट कलाकारका फिल्मले समेत हावा खाइरहेका छन् ।

 

हिट कलाकार फल्प क्लबमा दर्ता हुने क्रम बढ्दो छ । तर, रजतपटमा यस्ता कलाकार पनि छन् जसका फिल्म हिट छन् तर छायाँमा छन् । रेखा फिल्मस्को कस्ले ‘चोर्यो मेरो मन’बाट रजतपटमा डेव्यु गरेका अभिनेता किशोर खतिवडाको लिस्टमा चार फिल्म हिट छन् । पहिलो फिल्म ‘कस्ले चोर्यो मेरो मन’ सहित रेखा फिल्मस्को ‘रावण’ र ‘काली’ फिल्ममा किशोरले मुख्य अभिनेता भएर अभिनय गरे ।

 

रेखासँगै किशोरले अभिनय गरेको ‘लंका’ फिल्म पनि व्यवसायिक रुपमा सफल भयो । तर, यी फिल्मको सफल हुनुको क्रेडिट किशोरले पाएनन् । किशोरलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको ‘ढुवानी’ फिल्मले प्रदर्शन पूर्व चर्चा कमायो । तर, हलसम्म पुग्दा भने यो फिल्म सेलायो । फिल्मै फल्प भएपछि ‘ढुवानी’बाट किशोरले चर्चा कमाउन सकेनन् । किशोर अभिनित अन्य फिल्मले चर्चा हुने गरी प्रचार नै गरेनन्, उनको चर्चा स्वतः भएन ।

 

फिल्म चलेर पनि किशोरको चर्चा किन भएन त ? मिडियासँग नजिक हुन नसकेका किशोरको कमजोरी नै उनको बोलीको प्रभाव हो । उनी मिडियामा खासै खुलेर बोल्न सक्दैनन् । सानो कामले पनि मिडियामा छाउने कलाकारको अपवादको रूपमा रहेका किशोर फिल्म मात्र हैन मिडियामा पनि हिट बनुन् ।