Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

फिल्ममा फाप्लिन् मिस नेपाल मलिना ?

फिल्मीखबर, काठमाण्डौ, 2014/01/21

मिस नेपाल फिल्मका लागि अफाप जस्तै देखिएका छन् । रुवि राणा, झरना बज्राचार्य, माल्भिका सुब्बा जस्ता मिस नेपाल नेपाली फिल्ममा जम्न नसकेको खल्लो उदाहरण छ । यो बिचमा अर्की पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु’ फिल्म मार्फत लिड एक्ट्रेस भएर रजतपटमा भित्रिएकी छिन् ।

 

‘कलिउड’ फिल्मको शिर्ष गीतमा गरम नृत्य प्रस्तुत गरेपछि मलिना अन्य निर्माता निर्देशकको आँखामा परेकी थिइन् । बताईए अनुसार मलिनालाई ‘ऋतु’ मा निर्देशक मनोज अधिकारीले 'बोल्ड एण्ड ब्युटिफुल' भूमिकामा प्रस्तुत गरेका छन् । मलिनाको अपोजिटमा अभिनेता राजबल्लभ कोइराला छन् । रिमा विश्वकर्माको पनि ‘ऋतु’ मा बोल्ड भूमिका छ ।

 

फागुन १३ गते प्रदर्शन हुने फिल्म यतिखेर प्रचारमा जुटेको छ । ‘ऋतु’को प्रोमो तथा गीत सार्वजनिक भैसकेका छन् जुन निकै रूचाईएको पनि छ । मिस नेपाल अफाप हुँदै आएको नेपाली फिल्ममा मलिना फाप्लिन् ? मलिनालाई सफलताको शुभकामना !