Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(13 votes, avg 4.69/5.00)
Text size:-
+
-

जीवनले फिल्म छान्न नजानेकै हुन् त ?

फिल्मीखबर, काठमाण्डौ, 2014/01/21

रजतपटमा अभिनेता जीवन लुइँटेल ‘लक्की’ मानिन्छन् । एक वर्षको बिचमा सम्पन्न अवार्डमा जीवनले उत्कृष्ट अभिनेताको ह्याट्रिक नै हाने । उनी वर्तमान फिल्म बजारका व्यस्त कलाकार हुन् । तर, जीवनको व्यस्ततालाई लिएर फिल्म नगरीमा भने विभिन्न खाले टिकाटिप्पणी हुन थालेका छन् ।

 

‘जीवनले फिल्म छान्न जानेनन्’ यस्तै गुनासो सुनिन थालेको छ । नयाँ निर्माता र छोटो लगानीका फिल्ममा जीवन बढी देखिन थालेपछि उनीप्रति यस्ता गुनासो सुनिन थालेका हुन् । प्रदर्शनमा आइसकेको सेक्सी फिल्म ‘विन्दास २' मा अभिनय गर्दा ताका नै जीवनले फिल्म छान्न नजानेको गुनासो सुनिएको थियो ।

 

अहिले जीवनले केहि साना बजेटका निम्न स्तरका फिल्म खेल्ने मार्केटमा हल्ला चलिरहेको छ । तर, जीवन भने यो कुरालाई इन्कार गर्दै भन्छन्- 'मलाई फिल्ममा लिने चाहना धेरैको छ तर सबैको चाहना पूरा गर्न सक्दिन ।' छिटपुट बाहेक आफू राम्रो व्यानरको मात्र फिल्म खेलेको जीवनले बताए ।

 

निरक पौडेलले निर्देशक गर्न लागेको फिल्म 'व्ल्याक एण्ड ह्वाइट'मा अनुबन्धित भएका जीवनले स्क्रिप्ट मन नपरेर दर्जनौं फिल्म रिजेक्ट गरेको बताए । स्क्रिप्ट र व्यानर तथा मेकर हेरेरै जीवनले योगेश घिमिरेको 'भुलभुलैया' र छबिराज ओझाको 'ऐलान'मा काम गर्न राजी भएको बताए । यद्धपी यि फिल्मका लागि जीवनको एग्रिमेन्ट भएको छैन ।

 

जे होस्, अहिलेसम्म चर्चामा रहिरहेका जीवनले राम्रो स्क्रिप्ट र राम्रो व्यानर तथा मेकर हेरेर फिल्म खेलुन् । 'नाइ नभन्नु ल'का हिट हिरोले मन नपरेको स्क्रिप्टलाई 'नाइ' भन्न सिकुन् । प्रदर्शनको क्रममा रहेका फिल्म 'नाइ नभन्नु ल २', 'स्टुपिड मन' र 'सिसा'ले जीवनको स्टारडमलाई मजबुत बनाओस्, शुभकामना !