'लुट' पश्चात सफल फिल्मको अभिनेता हुन नसकेका सौगात मल्ल 'फिटकिरी'बाट भने निकै आशावादी छन् । यिनै अभिनेताले अभिनय गरेको फिल्म 'फिटकिरी'को गीत सार्वजनिक गरिएको छ जहाँ उनले आफ्नो मायामा पहिरो गएको भावना पोखेका छन् ।
सार्वजनिक गरिएको प्रस्तुत गीतमा भुपेन्द्र खड्काको शब्दमा निर्माता अर्जुन कुमारको स्वर तथा संगीत रहेको छ । चैत्र ७ गते रिलिज हुन लागेको यो फिल्मलाई अनुप बरालले निर्देशन गरेका हुन् । फिल्ममा सौगातसँगै दीया मास्के, निश्चल बस्नेत, शान्ति गिरी, रमेश रञ्जन झा, धिरेन्द्र प्रेमर्शी लगायतको अभिनय छ ।

