Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

`किफ`मा उत्कृष्ट फिल्मको स्वाद !

फिल्मीखबर, काठमाण्डौ, 2014/01/20

नेपाललाई अन्तराष्ट्रिय फिल्म महोत्सवको आयोजना स्थल बनाउने उद्देश्यले 'काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव' (किफ) आयोजना हुने भएको छ । नेपाल फिल्म सोसाइटीले आयोजना गर्न लागेको सो महोत्सव माघ १३ गतेदेखि १७ गतेसम्म रसियन कल्चर सेन्टरमा चल्नेछ ।



पाँच दिन चल्ने महोत्सवको उद्घाटन साहित्यकार कृष्ण धारावासीको कथामा आधारित ‘झोला’को प्रदर्शनीबाट गरिनेछ । महोत्सवमा नेपालबाहेक, रुस, भारत, दक्षिण कोरिया, इजरायल, स्पेन, फ्रान्स, नर्वे र दक्षिण अफ्रिका लगायत १२ राष्ट्रका फिल्म प्रदर्शन गरिनेछन् । महोत्सवमा दर्शकले उत्कृष्ट फिल्मको स्वाद लिन सक्ने किफका अध्यक्ष कृष्ण मल्लले बताए ।


महोत्सवमा रुस र दक्षिण कोरियाका दुई-दुईवटा र अन्य देशका एक-एकवटा फिल्म प्रदर्शन गरिनेछन् । ‘विदेशी फिल्महरु सम्बन्धित राष्ट्रका दूतावासबाट प्राप्त भएकाले सम्बन्धित फिल्मका कलाकार भने सहभागी नहुने महोत्सव निर्देशक प्रदीप भट्टराईले बताए । रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रले सघाएको फेस्टिभलमा दर्शकले निःशुल्क फिल्म हेर्न पाउनेछन् ।