Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.75/5.00)
Text size:-
+
-

प्रशंसा गर्दा लजाउने हिरो

फिल्मीखबर, काठमाण्डौ, 2014/01/20

मानिसमा असल र खराब दुबै पक्ष हुन्छन् । तर, मानिस आफ्ना खराब भन्दा असल पक्ष सुन्न बढी रुचाउँछ । साप्ताहिक पत्रिकाले अभिनेता दिलिप रायमाझीको असल र खराब पक्ष प्रकाशन गरेको छ ।

 

अभिनेता सुशिल क्षेत्रीले दिलिपको असल र खराब पक्ष छुट्याएका छन् । कुशल मनोरञ्जनकर्ता, असल व्यक्ति, गज्जबका नर्तक, पारिवारिक, हँसिलो भन्दै दिलिपको सुशिलले प्रशंसा गरेका छन् । दिलिपका खराब पक्षका बारेमा सुशिलले भनेका छन्- ‘हुन्छ बहादुर, जसलाई पनि हुन्छ भनिदिन्छ । काम समयमा नसक्दा आलोचना खानुपर्छ ।’

 

दिलिपका अन्य खराब पक्ष बारे सुशिलले भनेका छन्- ‘भात प्रेमी, अस्तव्यस्त र ऊ प्रशंसा सुन्न सक्तैन । कसैले उसको प्रशंसा गरिदियो भने ऊ धेरै लजाउँछ ।’ सुशिलले सम्पर्क विहिन हुने पनि दिलिपको खराब पक्ष रहेको बताएका छन् ।