Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

`लुट` निर्देशक र `चपली हाइट` निर्माताले भने- `बजार बिगार्ने हामी हैनौं`

फिल्मीखबर, काठमाण्डौ, 2014/01/20

व्यावसायिक रुपमा सफल फिल्म ‘लुट’ र ‘चपली हाइट’ ले फिल्म क्षेत्र बिगारेको भन्ने एकथरीले आरोप छ । ‘लुट’ निर्देशक निश्चल बस्नेत र ‘चपली हाइट’ का निर्माता अर्जुन कुमारले भने यो आरोपलाई अस्विकार गरेका छन् ।

 

 

‘फिटकिरी’ फिल्मको प्रेस समारोहमा निर्देशक बस्नेत र निर्माता कुमारले यो आरोपको खण्डन गरेका हुन् । दोस्रो फिल्म ‘टलक जंग भर्सेस टुल्के’ प्रदर्शन गर्ने तयारीमा रहेका निश्चलले भने- ‘मलाई फिल्म क्षेत्र बिगार्यो भन्ने आरोप छ । तर, मलाई लाग्छ हामी विस्तारै आफ्नै कथामा फिल्म बनाउदै छौं ।’ निश्चलले आयतीत विषयवस्तुका फिल्मले नेपाली फिल्मको परिचय नदिने बताए ।

 

त्यस्तै चैत ७ गते ‘फिटकिरी’ फिल्म प्रदर्शनको तयारीमा रहेका अर्जुन कुमारले भने- ‘चपली हाइटको प्रचार गलत तरिकाले भयो । फिल्म गलत थिएन । हामीले आफ्नै कथावस्तुमा फिल्म बनाएका थियौं । फिल्म क्षेत्र बिगार्ने हामी होइनौं ।’ ‘लुट’ र ‘चपली हाइट’ थिममा फिल्म निर्माण गर्ने धेरै निर्माता डुबेपछि एकथरी फिल्मकर्मीले यी दुई फिल्मले फिल्म बजार बिगारेको आरोप लगाउँदै आएका छन् ।