Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दियाको दिल खुला !

फिल्मीखबर, काठमाण्डौ, 2014/01/20

फिल्म ‘फिटकिरी’को फस्टलुक सार्वजनिक कार्यक्रममा अभिनेत्री दिया मास्केले सबैको ध्यान आफुतिर खिचिन् । माघको साँझमा दियाले पहिरिएको पहिरनले सबैको ध्यान उनीतिरै तान्यो ।

 

 

माघको जाडोलाई च्यालेञ्ज गर्दै दियाले दिल खुला गर्दा सहभागी बिच कानुखुसी चल्यो- ‘दियालाई जाडो लागेको छैन कि क्यो !’ जाडो भएको छैन ? भन्ने प्रश्न गर्दा दियाले ‘छ’ भन्ने मात्रै जवाफ दिइन् । जाडो हुँदाहुँदै पनि दियाले किन त्यस्तो पहिरन लगाइन् ? यस्को जवाफ जब ‘फिटकिरी’ को प्रोमो सार्वजनिक भएपश्चात थाहा भयो ।

 

‘फिटकिरी’को प्रोमोमा दियालाई हट एण्ड सेक्सी रुपमा प्रस्तुत गरिएको छ । त्यसैले दिया हट भएर कार्यक्रममा सहभागी भएकी रै'छिन् । ‘कागबेनी’ र ‘साँघुरो’मा जस्तै दियाले ‘फिटकिरी’ गरम दृश्य त दिएकी छैनन् ? दियाले चैत ७ गते सम्म धैर्य गर्न आग्रह गरिन् ।