अभिनेत्री नम्रता श्रेष्ठ एक नयाँ प्रोजेक्टमा अनुबन्धित भएकी छिन् । फिल्म ‘बधशाला’ निर्माण गरेको स्म्यासिङ एप्पलको दोस्रो प्रस्तुती ‘ताण्डव’ का लागि नम्रता अनुबन्धित भएकी हुन् ।

नम्रतासँगै ब्याटल र्यापर आशिष राणा ‘लाहुरे’ पनि ‘ताण्डव’मा अनुबन्धित भएका छन् । ‘ताण्डव’ मा मुर्रे केरको निर्देशन रहने छ । नयाँ फिल्म ‘ताण्डव’ बारे नम्रताले एक फिल्मी कार्यक्रममा सुनाइन्- ‘मेरो भूमिका महत्वपूर्ण र फरक खालको छ । हामी हाल फिल्मको वर्कसपमा व्यस्त छौ ।’
सर्वनाम थिएटरमा निर्देशक अनुप बरालसँग लाहुरेले अभिनयको प्रशिक्षण लिइरहेको ‘नोभेम्वर रेन’ हिरोइनले जानकारी दिइन् । कथावस्तु गोप्य नै राखिएको ‘ताण्डव’मा नम्रता र लाहुरे बाहेक अन्य मुख्य कलाकार फाइनल हुन बाँकी छन् । निर्माण कम्पनीले यस्को औपचारिक जानकारी गराएको भने छैन । ‘ताण्डव’ को सुटिङ फागुनबाट प्रारम्भ हुने बताइन्छ ।

